मनहरी गाउँपालिकाका ईसाई धर्मावलम्बीहरुले आज अप्रिल ५ लाई पुनरुत्थानको दिन ( Resurrection Day) अर्थात Easter Sunday ( इस्टर सन्डे) एक भब्य कार्यक्रम गरि मनाईएकोछ ।
क्रुसमा मारिएका येशू ख्रीष्टको मृत्युको तीन दिनपछि जीवित भएर ब्युँझिभएको दिनलाई जनाउँछ। आजको दिन ईसाई धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण चाड हो, जसले मृत्युमाथि विजय र नयाँ जीवनको सुरुवातलाई दर्शाउँने गर्दछ । आज सन्सार भरका ईसाई धर्मावलम्बीहरुले येशू ख्रीष्टको सम्झनामा विभिन्न भजन गाउँदै ,प्राथना गर्दै सम्झने गर्दछ।

मनहरी गाउँपालिका ख्रीष्टियन समाज र पास्टर एशोसियसन मनहरी गाउँपालिकाको संयुक्त आयोजनामा
मनहरी बजारमा बृहत र्याली सहित कोणसभामा परिणत हुँदै ईसाई समाजका विभिन्न अगुवाहरुले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

यस्तै यशुको महिमा गाउने भजन , प्राथना र प्रवचन समेत राखिएको थियो । मनहरी गाउँपालिकाका वडाहरु ६,७,८ र ९ भित्र रहेका चर्चमा प्राथना गर्ने ईसाई धर्मावलम्बीहरुले सामुहिक प्राथना समेत गरेका थिए ।

बिहान ८ बजे शुरु भएको र्याली मनहरी ७ रमनटार र मनहरी ८ सिम्पानी गरि दुई वटा स्थानबाट मनहरी बजार प्रस्थान गरेका थिए ।

कार्यक्रम पास्टर एशोसियन मनहरीका अध्यक्ष नरेन्द्र मोक्तानको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

https://shorturl.fm/Gnulz