मनहरी गाउँपालिकाले आर्थिक बर्ष २०८३/०८४ को लागि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएकोछ । मनहरी गाउँपालिकाको गाउँसभाको १९ औं अधिवेशनको दोश्रो बैठकले झण्डै एक अरब बराबरको बजेट प्रस्तुत गरिएको हो । गाउँपालिकाले ९८ करोड ५७ लाख ६३ हजार ९० रुपैयाको बजेट ल्याएको हो ।
पालिकाले नयाँ आर्थिक वर्षमा सबै भन्दा बढी खर्च पुर्वाधार बिकास क्षेत्र अन्तर्गत बिनियोजित बजेटको सबै भन्दा बढी रकम अर्थात ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ बिनियोजन भएकोछ । त्यसै सामाजिक बिकास क्षेत्र तर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ ,कार्यालय संचालन तर्फ १४ करोड ६६ लाख ७० हजार रुपैयाँ ,सुशासन तथा अन्तरसम्बन्धी क्षेत्र तर्फ १३ करोड ८५ लाख २ हजार नब्बे रुपैयाँ , आर्थिक बिकास क्षेत्र तर्फ ५ करोड ३१ लाख १७ हजार रुपैयाँ र बन वातावरण तथा बिपद ब्यबस्थापन तर्फ १ करोड ६५ लाख रुपैयाँ बिनियोजन गरिएकोछ ।
२०८३/०३/०८ गते पेश भएको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम असार १० गते दोस्रो बैठकबाट सर्वसम्मत रुपमा स्वीकृत भएको हो । आर्थिक वर्ष २०८३/८४ को लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन सो रकम व्यवस्था गर्न बनेको विनियोजन विधेयक, २०८३ र आर्थिक वर्ष २०८३/०८४ को आय/व्यायको अनुमानित विवरण समेटेर तयार पारिएको बजेट वक्तव्य सभा समक्ष पेश गरिएको थियो । दोस्रो बैठकमा पेश भएको विनियोजन विधेयक, २०८३ र बजेट २०८३ सभाको आगामी तेस्रो बैठक २०८३ असार १३ गते छलफल भई स्वीकृतको लागि पेश गरिनेछ ।
https://shorturl.fm/qrT45