असहाय एबम बिपन्न ब्यक्तीको स्वास्थ्य उपचारको लागि आर्थिक संकलन गर्दै सहयोग गर्दै आईरहेका मनहरी ३ का युवा समाजसेवी एबम सामाजिक अभियानता ईमान सिङ थिङले पैसाको जोखे प्रजालाई उपचारको लागि संकलित रकम हस्तान्तरण गरिएकोछ ।
मंगलबार काठमाण्डौ टिचिङ अस्पतालमा उपचाररत प्रजालाई अभियानता थिङले अस्पतालमै पुगेर मनहरी २ नम्बर वडाका वडा अध्यक्ष राजकुमार पाख्रीनको हातबाट हस्तान्तरण गरिएको हो ।हेटौंडा अस्पतालबाट उपचार सम्भव नदेखिए पछि गत साउन ३० गते रिफर गरिएको बिरामी पैसा अभावकै कारण घरमा २ दिनसम्म उपचारनै नगरी राखिएको खबर प्राप्त हुन साथ अभियानता थिङले सामाजिक संजाल मार्फत उपचारार्थ सहयोगको अपिल गरेका थिए । लगतै आर्थिक अभावकै कारण उपचार गर्न नसकेका प्रजालाई उपचारको लागि भन्दै सहयोग रकम जम्मा भएको थियो ।
अभियानता थिङले भाद्र २ गते सम्म जम्मा हुन आएको रकम एक लाख पन्ध्र हजार रुपैयाँ नगद बिरामीलाई हस्तान्तरण गरिएको हो । जग्गा जमिन केही नभएको पारिवारिक बिचलन भएको र ४ सन्तानलाई आफैले पाल्दै आईरहेका प्रजालाई कलेजो , फोक्सो र मृगौलामा समस्या देखिएको छ । अभियानता थिङले प्रजाको उपचारमा अझै धेरै रकम आवश्यक पर्ने भएकोले सबैमा सहयोगको अपेक्षा गरे।

मनकारी घलानले प्रजाको उपचारर्थ ३०,०००/- सहयोग गरे
मनहरी ३ सिद्धकाली निवासी बिनोद घलानले जोखे प्रजाको उपचारका लागि नगद रु . ३०,०००/- ( तीस हजार ) सहयोग गरेकाछन्। उनले उक्त रकम अस्पतालमै पुगेर २ नम्बर वडा अध्यक्ष पाख्रीन , सामाजिक अभियानता थिङ र बिरामीको आफन्त सहितको रोहवरमा प्रदान गरिएको हो ।