घाटामा गएको वनलाई स्याङ्तानले डेढ बर्षमै ऋण मुक्त सहित उत्कृष्ट दुईमा पुर्‍यायो

राक्सिराङ्ग ८ स्थित जनजागृती सामुदायिक वन उपभोक्ता समुह आर्थिक बर्ष २०८२/०८३ तर्फ सामुदायिक वन तर्फ उत्कृष्ट २ मा पर्न सफल भएकोछ ।राप्ती डिभिजन बन अन्तर्गत २०६ वटा सामुदायिक वन भित्र उत्कृष्ट हुँदै दोश्रो हुँदै नगद रु १० हजार रुपैयाँ सहित प्रमाण प्राप्त गरेको हो ।

२०८१ पुस २ गतेको भेलाबाट प्रदीप सिन्तानले उक्त सामुदायिक बनको अध्यक्ष पद सम्हालेका थिए । डेढ बर्षको छोटो समयमा समूहलाई ऋण मुक्त गराउदै , कार्यसम्पादन, जनसहभागिता, चुस्त प्रशासन, वन कार्यालयहरुसँगको समन्वय लगायतका बिषयहरुमा उत्कृष्ट भूमिका निर्बाह गरि उपाधीको लागि दाबेदारी प्रस्तुत गरेका थिए ।

नेतृत्व सम्हाल्ने बित्तिकै समूहको ऋण चुक्ता र साझेदारीमा आधारीत कार्यक्रम संचालन , अनुदानका कार्यक्रम गर्दै वन समूहलाई नेतृत्व प्रदान गरेका थिए ।

समूहको वन क्षेत्र ३४९ हेक्टर क्षेत्रफल रहेकोछ भने थप २० हेक्टर खाली जमिनहरुमा फलफुल र बृक्षारोपण अन्तर्गत बास , तेज पत्ता टिमुर लगाएत अन्य जातका बनस्पति रोपेकाछन्। ऋणबाट ग्रसित समूहलाई डेढ बर्षमै ऋण मुक्त गराउन सफल समूहले वन बिकास कोष र मुल खातामा गरि नगद १५ लाख रुपैयाँ राख्न सफल भएकाछन्। जलाधार , राष्ट्रपती चुरे संरक्षण क्षेत्र र डिभिजन वन सङ्गको सहकार्यमा काम गर्दै आईरहेको समूहले यस आर्थिक बर्षमा पनि खाली ठाउँ थप बृक्षारोपण गर्दै वन क्षेत्र बढाउने र पर्यापर्यटनमा जोड दिने लक्ष्य रहेको समूहको अध्यक्ष प्रदीप स्याङ्तानले बताउनुभयो ।

साथै वन क्षेत्र भित्र नाग दह , झरना , गुफा पर्ने भएकोले वन क्षेत्रको आम्दानीको काठ बाट मात्रै हुन्छ भन्ने परिभाषालाई परिवर्तन गराउने लक्ष्य रहेको अध्यक्ष स्याङ्तानले जानकारी दिनुभयो ।

सामुदायिक वन दिवसको अबसर पारेर राप्ती डिभिजन वन कार्यालय र मकवानपुर डिभिजन वन कार्यालयले संयुक्त रुपमा बागमती प्रदेशको राजधानी हेटौँडामा पुरस्कार बितरण गरेको हो ।

मनहरी ७ मा रहेको मनकामना सामुदायिक वनले प्रथम स्थान हासिल गरी नगद १६ हजार रुपियाँ र प्रमाणपत्र हासिल गरेको छ । यस्तै जनजागृती सामुदायिक वन उपभोक्ता समुह राक्सिराङ्ग ८ ले द्वित्तीय स्थान हासिल गरी नगद १० हजारसहित प्रमाण पत्र हासिल गरेको छ । त्यस्तै थाहानगरपालिका वडा नं २ हिमचुली सामुदायिक वन उपभोक्ता समूह तेश्रो हुँदै उत्कृष्ट घोषित भई नगद ७ हजार रुपियाँ तथा प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ ।

कबुलियती वनतर्फ क्याम्पाडाँडा (क) कबुलियती वन हेटौँडा १९ ले प्रथम स्थान हासिल गरी १६ हजार नगद रुपियाँ र प्रमाणपत्र प्राप्त गरेको छ यसै गरि इन्द्रसरोबर गाउँपालिका १ स्थित बनबासपाखा कबुलियती वन द्वित्तीय र भीमफेदी ४ स्थित चण्डीदेवी कबुलियती वन तृत्तीय स्थान हासिल गर्दै क्रमश : नगद १० हजार र ७ हजारसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

राप्ती वन डिभिजन कार्यालयको क्षेत्रभित्र कूल २६३ वटा कबुलियती वन रहेको छ । आर्थिक बर्ष २०८२/०८३ मा उत्कृष्ट कर्मचारीको रुपमा वन अधिकृत बीरबहादुर बोम्जन घोषित भई पुरस्कार प्राप्त गरेकाछन ।

उत्कृष्ट सामुदायिक वन र कबुलियत वनको टिमलाई वन निर्देशनालयका निर्देशक विद्यानाथ झा, राप्ती डिभिजन वन कार्यालय प्रमुख हेमबहादुर थापा लगायतले नगद तथा प्रमाणपत्र हस्तान्तरण गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.