प्रजा मा.बि.आधारभूत तहको परिक्षामा शत प्रतिशत बिधार्थी पास गराउने एक मात्र सामुदायिक बिधालय बन्यो

आधारभूत तहको पालिका स्तरीय परीक्षामा यस बर्ष मनहरी गाउँपालिका वडा नम्बर ३ मा रहेको प्रजा माध्यामिक बिधालय सामुदायिक बिधालय तर्फ शत प्रतिशत बिधार्थी पास गराउने एक मात्र बिधालयको बनेकोछ ।

मनहरी गाउँपालिकाले आज प्रकाशन गरेको कक्षा ८ को अन्तिम नतिजा प्रकाशन गरिएको थियो । जस्मा पालिका भित्र रहेका सबै सामुदायिक बिधालयलाई पछि पार्दै शत प्रतिशत बिधार्थी उत्रिण गराउने बिधालय बन्न सफल भएको हो ।

प्रजा माध्यामिक बिधालयको शत प्रतिशत नतिजा दोश्रो पटक हो । प्रजा माध्यामिक बिधालय सङ्गै मनहरी गाउँपालिकाका मेरिगोल्ड टाईनिटस बोर्डिङ स्कुल, युनिभर्सल लर्निङ एकेडेमी र रेड एन्जल एकेडेमीले शत प्रतिशत बिधार्थी पास गराउन सफल भएकाछन्। गत सालमा भन्दा आधारभूत तहको परीक्षा फलमा निक्कै सुधार आएको मनहरी गाउँपालिका शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले बताउनुभयो । पालिका भित्रको १८ वटा बिधालयका बिद्यार्थीहरुले आधारभूत तह कक्षा ८ को परिक्षामा सहभागिता जनाएका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.