गाईको बिगौती दूध खादा एकै परिवारका ३ जना सहित १२ जना बिरामी

मनहरीमा गाईको बिगौती दूध खादा एकै घरका आमा र दुई छोरा गरि ३ जना सहित बिमारी परेकाछन् ।एकै घरका आमा श्रीजना मुक्तान र छोराहरु
निस्चल मुक्तान र निर्जन मुक्तान भरतपुरको पुरानो मेडिकल कलेजमा उपचाररत रहेकाछन् ।

बिरामी भएका मध्ये एम्सन मुक्तान र एल्सन मुक्तानको पनि पुरानो मेडिकल कलेजको आईसियु कक्षमै राखेर उपचार चलिरहेकोछ । बिगौती दूध खाएपछी उनिहरुलाई झाडा बान्ता हुने र उच्च ज्वरो आउने गरेको बिरामी युनिक थिङका बुवा गोपिराम थिङले जानकारी दिनु भयो ।

यस्तै बाबुलाल गुम्बा,भिरमाया तामाङ र फुलमाया तामाङ मनहरी अस्पतालमै उपचाररत रहेको मनहरी अस्पतालका प्रमुख डाक्टर रश्मि झा ले जानकारी दिनुभयो । यस्तै उक्त बिगौती दूध खाई बिरामी परेका ३ जना स्थानिय घरमै औषधि तथा जीवनजल खादै बसेको अस्पताल श्रोतले जानकारी दिएकोछ ।

८ गते बिहान ७/८ बजे खाएको गाईको बिगौती दूध खाई बिरामी परेकाहरुलाई ९ गते बिहान तिर स्वास्थ्यमा असर देखा परेको थियो ।

असार ८ गते मनहरी ६ जोगिताल स्थित स्थानिय रेशम थापाको घरमा होलिस्टेन गाई ब्याएको र दूध धेरै आएपछी पकाएर थापाले आफ्ना छिमेकीहरुलाई बिगौती दूध आफैले बाढेका थिए ।

उनले ८/९ घरलाई बिगौती दूध बाडेको र त्यस मध्ये केही लाई दूध खाएपछी असर गरेको र केहिलाई असर नगरेको उनले बताए । दूध खाए पछि छिमेकीहरु बिरामी भए पश्चात् खाएको दूधको ल्याब परिक्षणको लागि गाई धनी थापाले मनहरी अस्पतालमा दूधको स्याम्पल समेत उपलब्ध गराई सकेकाछन् ।

घटनाको बारेमा थप अनुसन्धान गर्नको लागि मनहरी गाउँपालिका र मनहरी अस्पतालका डाक्टर टोली मनहरी ६ स्थित जोगिताल पुगि स्थलगत रिपोर्ट लिने कार्य गरेको र सोही क्रममा थापाको घरबाट पानीको स्याम्पल लिईएको र बिगौती दूध र पानीको परिक्षणको लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भोलि पठाईने मनहरी अस्पताल प्रमुख डाक्टर रश्मि झाले जानकारी दिनुभयो । साथै रिपोर्ट आउन ३/४ दिन लाग्ने समेत जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.