पश्चिम मकवानपुरकै प्रमुख स्वास्थ उपचार केन्द्रको रुपमा बिकास हुँदै गईरहेको मनहरी अस्पतालमा थेरापी बिधिबाट स्वस्थ्य उपचार गर्ने बिरामीको संख्यामा वृद्धि हुँदै गएकोछ ।
दैनिक रुपमा ३ सयको हाराहारीमा बिरामीहरुले उपचार लिने मनहरी अस्पतालमा थेरापी बिधीबाट उपचार गराउनेहरुको संख्यामा पनि वृद्धि हुँदै गएकोछ ।
दुई बर्ष देखि मनहरी अस्पतालले आरोग्य फिजियो थेरापी चितवनसंगको सहकार्यमा थेरापी विधिबाट बिरामीको उपचार गर्दै आईरहेकोछ । अस्पतालले बिहान ८ बजे देखि दिउँसो ३ बजेसम्म थेरापी विधिबाट बिरामिलाई उपचार सेवा दिईदै आईरहेकोछ । थेरापी विधिबाट उपचार गराउनुपर्ने बिरामीहरु बिगदका दिनमा चितवन , हेटौंडा लगाएत काठमाण्डौ सम्म पनि पुग्ने गरेकोमा आज भोलि दैनिक सरदर ३० जनाले उपचार सेवा लिने गरेको अस्पताल श्रोतले जनाएकोछ ।
अस्पतालले थेरापी सेवा अन्तर्गत ईलेक्ट्रो थेरापी,म्यानुयल थेरापी,रिह्याबिलिटेशन एक्ससाई का साथ साथै थेरापी मार्फत दुखाई कम गर्ने, मुभमेन्ट सुधार गर्ने र ईन्ज्योर्ड पछिको रिकभर गराउने काम हुँदै आईरहेकोछ । अस्पतालबाट मनहरी गाउँपालिकासङ्गै छिमेकी स्थानिय तहहरु हेटौंडा उपमहानगर पालिकाका केही वडाहरु,कैलाश र राक्सिराङ्ग गाउँपालिकाका बिरामिहरुलाई सेवा प्रदान गर्दै आईरहेकोछ । यसको साथ साथै छिमेकी जिल्ला चितवनको पुर्वी क्षेत्रमा पर्ने राप्ती नगरपालिकाका पिप्ले लोथरका बिरामीहरुलाई समेत सेवा प्रदान गर्दै आईरहेको छ ।