२१ जनाको उम्मेद्बारी रहेको मकवानपुर २ मा ७ जनाले ऐलानी जनतासङ्ग अन्तरक्रिया गरे

आसन्न प्रतिनिधि सभा सदस्यको लागि मकवानपुर जिल्ला निर्वाचन क्षेत्र २ तर्फ विभिन्न राजनैतिक दल र स्वतन्त्र गरि २१ जनाको उम्मेद्बारी परेकोछ । जस मध्ये जम्मा ७ जना उमेदवारले मात्र ऐलाने जग्गामा बसोबास गर्ने जनताको गुनासो सुन्ने र प्रतिबद्धता जनाएकाछन्।

भुमिहिन ,सुकुम्बासी, अव्यवस्थित बस्ती संघर्ष समिती मनहरीले मकवानपुर जिल्ला निर्वाचन क्षेत्र २ तर्फका प्रतिनिधि सभा सदस्यका २१ जना उमेदवारलाई एउटै मंचमा राखेर उनिहरुको धारणा र पिडित बस्तिको लालपुर्जा प्राप्तिको लागि ऐकेबद्धता पत्रमा हस्ताक्षर कार्यक्रम राखिएको थियो। मनहरी ७ मनकामना मन्दिर परिसरमा भएको कार्यक्रममा खासै राजनैतिक दल र स्वतन्त्र तर्फबाट उम्मेद्बारी दिएका उमेदवारले चासो देखाएन । उपस्थित हुने दलहरु नेपाली काङ्ग्रेस , नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी , राप्रपा , उज्यालो नेपाल पार्टी ,श्रम सस्कृती पार्टी र मङ्गोल नेश्नल अर्गनाइजेसन पार्टीका उमेदवार रहेका थिए।

गत निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधि सभा सदस्यको रुपमा सदनमा पुगेका नेकपा एमालेका नेता तथा यस पटक पनि एमाले पार्टीबाट उम्मेदवार बनेका महेश कुमार बर्तौला भने कार्यक्रममै उपस्थित भएनन्। बर्तौला सङ्गै पार्टी र स्वतन्त्र तर्फबाट उम्मेद्बारी बनेका उमेदवारहरुको अनुपस्थितिले जनता प्रती कत्तिको जवाफदेही रहेको स्पष्ट देखिएको भन्दै आयोजकले जनताले चुनावमा मुल्यांकन गर्ने संघर्ष समितिका संयोजक क्षेत्र बहादुर मुक्तानले आक्रोस पोख्नुभयो ।

कार्यक्रममा उपस्थित भएका विभिन्न पार्टीका तर्फबाट उमेदवार बनेकाहरुले समितिले राखेका मागहरु प्रती ऐकेबद्धता जनाउदै जनताका पक्षमा उभिने भन्दै हस्ताक्षर पत्रमा सहि गरेका थिए ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.