मनहरीमा शुरु भयो ७ दिने निशुल्क फोटोग्राफी ट्रेनिङ; बिधार्थीको उत्सहाजनक सहभागिता

मनहरीमै पहिलो पटक निशुल्क रुपमा संचालन गरिएको फोटोग्राफी ट्रेनिङ एण्ड वर्क्सप शुरु भएकोछ । मनहरी बहुमुखी क्याम्पसको आयोजनामा उक्त तालिम शुरु भएको हो । मनहरी बहुमुखी क्याम्पस मनहरी ८ सिम्पानीको सभाहलमा शुरु भएको कार्यक्रमको उद्घाटन मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले गर्नुभएको हो ।

कार्यक्रममा मन्तब राख्ने क्रममा प्रमुख अतिथी एबम मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले क्षणिक सफलताको पछाडी लाग्दा हामी नेपालीहरुले दु:ख पाईरहेको बताउनुभयो । शुक्रबार मनहरी बहुमुखी क्याम्पस मनहरी ८ सिम्पानीद्वारा आयोजना गरिएको ७ दिने निशुल्क फोटोग्राफी ट्रेनिङ एण्ड वर्क्सपको उद्घाटनमा अध्यक्ष कालाखेतीले यस्तो बताउनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएका अध्यक्ष कालाखेतीले नेपाली युवाहरु १२ कक्षा पास गरे लगत्तै उच्च शिक्षा भन्दै बिदेश पलाएन हुने र बिदेश पुगेपछी कमाईमा लाग्ने र पछि पैसा त जसो तसो कमाईन्छ तर आवश्यक ज्ञान र सिपको सर्टिफिकेट नहुँदा धेरैले दु:ख भोग्नु परेको अवस्था रहेको बताउदै आजको युग भनेको प्रबिधीको भएको र मनहरी बहुमुखी क्याम्पसले युवा बिद्यार्थीहरुलाई प्रबिधी मैत्री बनाउन जुन प्रयास गरेकोछ त्यसको सफलताको कामना समेत गर्दछु भन्नुभयो ।

पश्चिम् मकवानपुरकै एक मात्र उच्च शिक्षालय मनहरी बहुमुखी क्याम्पस रहेकोले यसको संरक्षण गर्न हामी सबै सचेत समुदायको जिम्मेवारी रहने भन्दै खुल्ला हृदयले क्याम्पसमा सहयोग गर्न सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

यस्तै मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेतीले पढाई सङ्सङ्गै सीप पनि निक्कै महत्वपूर्ण रहेकोले स्थानिय जनप्रतिनिधि भएको हैसियतले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

यस्तै क्याम्पस सन्चालक समितीको तर्फबाट मन्तब्य राख्ने क्रममा प्रकाश बर्तौलाले क्याम्पसले समयसामयिक बन्न र प्रबिधी मैत्री बन्न प्रयास गरेकोमा बिधार्थी भाईबहिनीहरुले साथ र सहयोग गर्नेमा बिश्वास ब्यक्त गर्नुभयो ।

 

स्वागत मन्तब्य राख्नुहुदै मनहरी बहुमुखी क्याम्पस प्रमुख गोबिन्द बर्तौलाले बिधार्थीहरुलाई समसामयिक र प्रबिधी मैत्री बनाउन क्याम्पसले लगानी गर्दै आईरहेको बताउनुभयो । उत्कृष्ट नतिजाका साथ स्थानिय स्तरमै गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध भएर क्याम्पस अगाडि बढिरहेको भन्दै बिद्यार्थीहरुलाई मनहरी बहुमुखी क्याम्पसमा पढ्न आउन आग्रह गर्नुभयो । क्याम्पस प्रमुख बर्तौलाले क्याम्पसको सुख दुखमा पालिकाले अभिभावकिय भुमिका खेलेको प्रती खुलेरै पालिकाको प्रसंशा गर्नुभयो ।

कक्षा १२ पास भएका बिधार्थी र कक्षा ११/१२ मा अध्ययनरत बिधार्थीहरुलाई लक्षित गर्दै शुरु गरिएको तालिममा ४७ जना बिधार्थीहरुको सहभागिता रहेकोछ । ७ दिन सम्म सन्चालन हुने निशुल्क तालिमको यहि साउन २९ गते सम्पन्न हुनेछ ।

बिबिएस र बिए सन्कायमा अध्यापन गराउदै आईरहेको क्याम्पसले उत्कृष्ट नतिजाका साथ उत्कृष्ट शैक्षिक गन्तव्यको केन्द्रको रुपमा आफुलाई उभ्याउन सफल यस क्याम्पसले विभिन्न समयमा बिधार्थीहरुलाई अध्ययन सङसङै क्षमता अभिबृद्दि सङै सीप एबम निशुल्क तालिमहरु प्रदान गर्दै आईरहेकोछ ।

क्याम्पस सन्चालक समितीका अध्यक्ष ओम बहादुर ग्लानले बिद्यार्थीहरुलाई ब्यबहारिक जिवनमा जोड्न र क्याम्पससङ्ग जोड्न यो कार्यक्रम गरिएको बताउनुभयो ।
क्याम्पस संचालनको लागि मुलत प्रदेश सरकारको भुमिका रहने भएपनी मनहरी गाउँपालिकाले अभिभावकिय भुमिका खेलेको प्रती पालिका नेतृत्व टिमलाई धन्यवाद ब्यक्त गर्नुभयो । साथै अब क्याम्पसलाई सन्ख्यात्मक र गुणात्मक ढङ्गले अगाडि बढाउन जोड दिनुपर्ने बताउनुभयो । बास्तबिकतालाई आकर्षक ढङ्गले प्रबिधी मैत्री बन्नु अत्यावश्यक रहेको भन्दै प्रबिधी मैत्री बन्दै जीवन सरल र फलदायी बन्नेमा दुईमत नरहेको समेत बताउनुभयो ।

मनहरी बहुमुखी क्याम्पस संचालक समितीका अध्यक्ष ओम बहादुर ग्लानको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा
मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै मनहरी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष नारायण उप्रेती,सिम्पानी देउकोट सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष गोपि ढकाल, क्याम्पस सन्चालक समितीका कोषाध्यक्ष हेमलाल उप्रेती, सन्चालक समिती सदस्यहरु प्रकाश बर्तौला,मातृका ढुंगाना, ज्योती सुबेदी, अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज राजेन्द्र कुमार मुक्तान , सिम्पानी युथ क्लबका अध्यक्ष अन्जन लामा लगाएतकाको आतिथ्यतारहेको
कार्यक्रमको सहजिकरण मनहरी बहुमुखी क्याम्पस स्वबियु सभापती कुमार घिसिङले गर्नुभएको थियो।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.