अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियन क्रान्तिकारी मनहरी गाउँ कमिटीले एसईई २०८१ मा सहभागी भई उत्रिण हुन सफल बिद्यार्थीलाई सम्मान गरेकोछ । शनिबार नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीले मनहरीका सामुदायिक र सस्थागत बिधालयबाट परिक्षामा सहभागी भई पास हुने बिधार्थीहरुलाई सम्मान गरिएको हो ।
बिधार्थी सम्मान कार्यक्रममा नेकपा माओबादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य एबम मकवानपुर जिल्ला पार्टी सचिव वीर बहादुर घलान ( ज्वाला)को प्रमुख आतिथ्यता रहेको थियो । सम्मान कार्यक्रममा मन्तब्य ब्यक्त गर्नुहुदै घलानले बिद्यार्थी हरेक समस्यामा मात्र नभई खुशीको क्षणमा पनि साथ साथै रहने बिद्यार्थी संगठन भनेको अखिल क्रान्तिकारी मात्र भएको भन्दै सम्मानित हुने बिद्यार्थीहरुलाई क्याम्पस पढ्न जादा केही समस्या परे अखिल क्रान्तिकारीलाई सम्झन समेत आग्रह गर्नुभयो । त्यस्तै प्रमुख अतिथी घलानले एसईई पास भएका बिधार्थीहरुलाई आफ्नो रुचिको विषय लिन आग्रह गर्नुभयो । साथै मनहरी गाउँपालिकाको सत्ता साझेदार पार्टी भएको नाताले बिधार्थीहरुले प्राप्त गर्ने छात्रवृत्ति प्राप्तिको लागि सक्दो प्रयास गरिने प्रतिबद्धता जनाउनुभयो ।
मनहरी गाउँपालिकाबाट २०८१ सालको एसईई परिक्षामा ९ वटा सामुदायिक र ३ वटा संस्थागत बिधालय गरि १२ वटा बिधालयबाट ४२९ जनाले सहभागीता जनाएको थियो । सामुदायिक बिधालय तर्फबाट १ जना र सस्थागत बिधालय तर्फबाट २ जना गरि ३ जनाले ए प्लसको नतिजा निकाल्न सफल भएको थियो । एसईई २०८१ मा मनहरी गाउँपालिकाले ३३.१ प्रतिशत बिधार्थी पास गराउन सफल भएको थियो ।
अखिल क्रान्तिकारी मकवानपुर जिल्ला कमिटीले जिल्लाका दस वटै स्थानिय पालिकाका एसईई उत्रिण बिद्यार्थी सम्मान कार्यक्रम राखिएको र सोही अनुसार शनिबार मनहरीमा कार्यक्रम सम्पन्न गरिएको अखिल क्रान्तिकारी केन्द्रिय कमिटी सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज राजेन्द्र कुमार मुक्तानले बताउनुभयो ।साथै मकवानपुरमा मनहरी सहित बागमती गाउँपालिकामा सम्मान कार्यक्रम समन्न गरिएको र बाँकी स्थानिय तहहरुमा पनि छिट्टैनै सम्मान कार्यक्रम राखिने बताउनुभयो ।
मनहरी गाउँपालिका वडा नम्बर ५ का निर्वाचित जनप्रतिनिधि दीपेन्द्र अधिकारीले आफ्नो पनि राजनैतिक जिवनको शुरुवाती अखिल क्रान्तिकारी नै रहेको र त्यसैले बर्तमान अवस्थाको आधार खडा भएको भन्दै संगठनको खुलेर प्रसंशा गर्नुभयो । मनहरी गाउँपालिकाका युवा तथा लोकप्रिय वडा अध्यक्षको रुपमा परिचित अधिकारी माओबादी केन्द्रको भातृ संगठन वाईसीएल नेपालका केन्द्रिय सदस्य पनि हुन् ।
कार्यक्रममा प्रमुख अतिथी घलान सहित अखिल क्रान्तिकारी मकवानपुर जिल्ला सचिव एबम पुर्व मकवानपुर क्याम्पस स्वबियु सभापती छोईसाङ्ग लामा ,संगठनका मकवानपुर जिल्ला ईन्चार्ज एबम केन्द्रिय सदस्य राजेन्द्र कुमार मुक्तान , वडा नम्बर ५ का निर्वाचित अध्यक्ष एबम वाईसीएल केन्द्रिय सदस्य दीपेन्द्र अधिकारी ,माओवादी केन्द्र मनहरी गाउँ कमिटी अध्यक्ष आनन्द घलान र मनहरी पार्टी कमिटी ईन्चार्ज रामहरी सुवेदी लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएकोथियो ।
अग्निहोत्रा आश्रम मनहरी ९ को सभाहल रजैयामा सम्पन्न कार्यक्रमको सभाध्यक्षता अखिल क्रान्तिकारी मनहरी गाउँ कमिटी अध्यक्ष प्रकाश मिजारले गर्नुभएको थियो भने संगठनकी मनहरी गाउँ कमिटी सचिव सन्दीपा अर्यालले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो ।