मनहरी: असार ०६ गते । युनाइटेड इङ्ग्लिस बाेर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरुकाे शुक्रबार दन्त परीक्षण गरिएकाे छ । राप्ती डेन्टल क्लिनिक हेटाैडाकाे प्राविधिक सहयोगमा बिद्यालयकाे मेडिकल विभागकाे आयोजनामा निःशुल्क दन्त परीक्षण शिविर गरिएकाे विद्यालय नर्स सुस्मिता राउतले जानकारी दिनुभयो । शुक्रबार भएकाे निःशुुल्क परीक्षणमा कक्षा ४ देखि १० सम्म अध्ययनरत ६२५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीमध्य एक सय सत्र जनामा सामान्य समस्या देखा परेकाे अस्पतालमा रेफर गरिएकाे विद्यालय नर्स राउतले बताउनुभयो ।
विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयले नर्सकाे समेत व्यवस्था गरेकाे छ । पश्चिम मकवानपुरकै संस्थागत विद्यालय तर्फ विद्यालय नर्स राख्ने युनाइटेड नै पहिलाे विद्यालय हाे । जहाँ एक हजार एक सय पचास विद्यार्थी अध्ययनरत छन् ।
उचित शिक्षा हाँसिल गर्न विद्यार्थीकाे स्वास्थ्य प्रमुख हुने हुँदा विद्यालय नर्सकाे गत वर्ष देखि नै व्यवस्था गरेर नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र उप्रेतीले बताउनुभयो ।
विद्यालयले पछिल्लो समय पढ्दै कमाउदै कार्यक्रम समेत सञ्चालनमा ल्याएकाे छ ।