अगुवा कार्यकर्तालाई काङ्ग्रेस नेता बानियाँद्वारा सम्बोधन ; फोटो खिचेर हिड्दैमा बिकास आउदैन

नेपाली काङ्ग्रेसका बागमती प्रदेश पार्टी कमिटी सभापती ईन्द्र बहादुर बानियाँले फोटो खिचेर हिड्दैमा बिकास नआउने बताउनुभएकोछ । आईतबार राक्सिराङ्ग गाउँपालिकाको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै माननीय ईन्द्र बहादुर बानियाँले यस्तो बताउनु भएको हो । साच्चिकै बिकास गर्ने हो भने नीति तथा कार्यक्रममा बजेट बिनियोजन गर्न सक्नु नै बिकास हो भन्दै बागमती प्रदेश सभा सदस्य माननीय बानियाले काङ्ग्रेसले जितेको पालिकामा काङ्ग्रेसले कार्यक्रम नबनाएर साम्सदले कतै बनाउछ भन्दै प्रतिप्रश्न गरेकोहो ।

जनताले आफूमा धेरै आश राखी अपेक्षा राख्नु स्वभाविक भएको भन्दै मनहरी,खैराङ्ग मलेखु सडकको स्तर उन्नती राजकुमार मल्लकै पालामा सकिने र प्रदेश सरकारकै लगानिमा काम सम्पन्न हुने पनि बजेट बिनियोजन गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो । राजा देखि प्रजा सबैलाई न्याय दिने काङ्ग्रेसि नै हौ भन्दै काङ्ग्रेसले मानबताको नाममा हामिले राजनिती गर्यौ र सदैब गरिनै रहनेछ भनी प्रतिबद्धता समेत जाहेर गरे ।

कार्यक्रममा जिल्ला सभापति बुद्ध लामा, पुर्व सभापति रघुरमण न्याैपाने, बागमती प्रदेशका पुर्व राज्यमन्त्री सन्तबहादुर चेपाङ, जिल्ला सचिवद्वय ईश्वर पाठक,भीमसेन महत, सहसचिव ईन्दिरा न्याैपाने, नेपाली काङ्ग्रेसका क्षेत्र २का संघीय सभापति एंव कैलाश गाउँपालिकाका अध्यक्ष लाेकबहादुर मुक्तान, क्षेत्र २(ख) सभापति एंव मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, महासमिति सदस्य निर्मला हिम्डुङ, प्रभात दाहाल महाधिवेशन प्रतिनिधि एंव राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, बागमती प्रदेश सदस्य चम्फुरत्न लामा, जिल्ला सदस्य खेमबहादुर चेपाङ, रामकृष्ण प्रजा, काठमाडौं-मकवानपुर सम्पर्क समितिका अध्यक्ष तेजप्रसाद घिमिरे, मनहरी गाउँपालिका सभापति प्रकाश बर्ताैला, नेपाली काङ्ग्रेस कैलाश गाउँपालिकाका सचिव तथा वडा नम्बर ८का अध्यक्ष आशिष प्रजा, लगायतकाे आतिथ्यता रहेकाे थियोे ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.