Wazamba casino

बिदेशी खेलाडी ग्लोरी चम्कदा प्रथम मिलन धर्मराज स्मृति कपको उपाधी हासुको पोल्टोमा

मनहरीमा आयोजित मिलन धर्मराज स्मृति खुल्ला नक आउट फुटबल प्रतियोगिताको प्रथम सस्करणको उपाधी हासु एफसि मनहरीले उचालेकोछ ।

मनहरी ८ सिम्पानीको निर्माणधिन खेल मैदानमा सोमबार भएको फाईनल खेलमा बलियो प्रतिद्वन्द्वी कैलाश गाउँपालिकालाई ३- ० ले हराउँदै नगद रु एक लाख सहित शिल्ड, प्रमाणपत्र र मेडल हात पारेकोछ ।

मनहरीको जितमा खेलको पहिलो हाल्फको २३ औं मिनेटमा जर्सी नम्बर ७ का बिदेशी खेलाडी जोन ग्लोरीले गरे । उनको उत्कृष्ट गोलसङ्गै टिमलाई अगाडि बढाएको मनहरीले दोश्रो हाल्फमा दुई गोल थप्दै उपाधी उचालेको हो । मनहरीको तर्फबाट खेलको दोश्रो हाल्फको १२ औं मिनेटमा जर्सी नम्वर २ का खेलाडी मोहित गुरुङले गरेका थिए । त्यस्तै दोश्रो हाल्फको २३ औं मिनेटमा बिदेशी खेलाडी ग्लोरीले खेलको तेश्रो तथा ब्यक्तिगत दोश्रो गोल गर्दै टिमलाई स्पस्ट जित दिलाएका थिए ।

यता प्रतियोगिताको सेमिफाईनल सम्म निक्कैनै राम्रो खेल पस्केको कैलाश भने फाईनलमा सम्हालिन नसक्दा उपबिजेतामै सिमित बन्यो । आफ्नै टिम भित्रको खेलाडिको समायोजन मिलाउन नसक्दा कैलाश उपबिजेतामै सिमित हुन पुग्यो । कैलाशले नगद रु ५० हजार सहित सिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरे ।

फाईनल खेलमा हासु एफ सि मनहरीका जीत थापा मगर घोषित भए । प्रतियोगिता भर सबै भन्दा बढी गोल गर्दै आयोजक सिम्पानी युथ क्लबका खेलाडी राज भुसाल सर्बाधिक गोलकर्ताको ट्रफी चुमे । उनले खेल अबधि भर ६ गोल गरेका थिए । त्यस्तै हासु एफसि मनहरीका गोल किपर उत्कृष्ट गोल किपर, मनहरीकै राज थापा मगर उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर मनहरीकै छिरिङ्ग लामा बने । खेल अबधी भरीकै सर्बोत्कृष्ट खेलाडी घोषणा भने आयोजक टिमका राहुल थापा मगर भए । उनले सर्बोत्कृष्ट खेलाडी बन्दै सानिमा ईन्स्योरेन्सको तर्फबाट ५ लाख बराबरको जीवन बिमा समेत हात पारे ।

क्लबका सदस्य तथा फुटबल खेलाडी मिलन लामा र धर्मराज लामाको स्मृतिमा आयोजक सिम्पानी युथ क्लबले फुटबल प्रतियोगिता आयोजना गरेको हो । स्वर्गीय मिलनका दाजु मनोज लामाले प्रथम पुरस्कार स्वरुप नगद रु एक लाख सहयोग गरेको थियो । त्यस्तै मनहरीका अर्का युवा ब्याबसायी नमराज थिङले दोश्रो पुरस्कार स्वरुप नगद रु ५० हजार सहयोग गरेको थियो । प्रतियोगिता सफल पार्न देश तथा बिदेशमा रहेकाहरुले आर्थिक सहयोग गरेकोथियो ।

प्रथम शिल्ड सहिद पृत कुमार स्मृती प्रतिस्ठान र दोश्रो शिल्ड राजनैतिक ब्यक्तित्व तथा समाजसेवी वीर बहादुर घलान ज्वालले सौजन्य गरेका थिए ।

समापन समारोहमा दक्षिण एसियाकै पहिलो महिला रेफ्री कल्पना शर्मालाई सम्मान पत्र प्रदान गरेको थियो ।

कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै गरि कैलाश गाउँपालिका अध्यक्ष लोक मुक्तानको बिशिष्ट आतिथ्यता रहदैगर्दा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर( रेखा), कैलाश गाउँपालिका उपाध्यक्ष बाल कुमार मल्लको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु,विभिन्न राजनैतिक दलका प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीको आतिथ्यता रहेको थियो ।

असार २० गते देखि ३१ गते सम्म सन्चालित प्रतियोगितामा चितवन, मकवानपुर र बारा जिल्लाका गरि १२ वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता संचालनको क्रममा दश लाखको हाराहारीमा खर्च भएको आयोजक सिम्पानी युथ क्लबले जानकारी दिएकोछ । समापन समारोहमा क्लबका अध्यक्ष किरण सुबेदीको सभाध्यक्षता रजेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.