मनहरी ७ रमौली स्थित प्रस्तावित मदनभण्डारी क्षेत्रीय रंगशालामा जारी प्रथम मनहरी खुल्ला क्रीकेट प्रतियोगितामा फाईनलमा ई प्लानेट चितवन र टिम हेटौंडा प्रबेश गरेकोछ । फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा लायन्स अफ मनहरीलाई ई प्लानेट चितवनले ९३ रनको विशाल अन्तरले खेल जित्दै फाईनलमा स्थान सुरक्षित गरेको हो । ई प्लानेट चितवनले बनाएको २०८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा ११५ रनमा सिमित रहन पुग्यो ।
त्यस्तै आजै भएको दोश्रो खेलमा रेवा हरियाली ज्यामिरेलाई टिम एभरेष्ट हेटौंडाले ५ विकेटले पराजित गरेकोछ। रेवा हरियालीले टिम एभरेष्टलाई १४.३ ओभरको खेलमा १० विकेट गुमाउँदै ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको टिम एभरेष्टले १२.५ ओभरको समाप्तिमा ८८ रन बनाउदै हरियाली माथी जित दर्ता गरेको हो । दोश्रो खेलबाट रोहित ठाकुर प्लेयर अफ द म्याच घोषित भए । यस्तै पहिलो खेलमा लायन्स अफ मनहरीका खेलाडी सागर बास्टोला प्लेयर अफ द म्याच घोषित भए । प्लेयर अफ द म्याच हुने दुबै खेलाडीले नगद १/१ हजार सहित ट्रफी समेत हातपारे।
मनहरी क्रिकेट क्लबको आयोजनामा सन्चालन भएको प्रतियोगिताको बिजेताले नगद ३० हजार सहित शिल्ड र मेडल र उपबिजेताले १५ हजार सहित मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल यहि माघ १० गते हुने आयोजकले जानकारी दिएकोछ ।