क्यापिटल मिनिष्ट्रीजको मनहरीमा शुभकामना कार्यक्रम : पुर्ब मन्त्रीद्वारा धार्मिक आयोगको माग

ईसाई धर्मावलम्बीहरुको महान चाड ख्रिष्टमसको अवसरमा मनहरीमा शुभकामना तथा नया बर्ष २०२४ को शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न भएकोछ ।

क्यापिटल मिनिष्ट्रीज बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा बोल्दै बिशिष्ट अतिथी एबम बागमती प्रदेशका पुर्ब भौतिक योजना तथा बिकास राज्य मन्त्री सन्त बहादुर चेपाङले धार्मिक आयोगको गठन हुनुपर्ने माग राख्नुभयो । राज्यले यदि चाहाने हो भने धार्मिक आयोगको गठन गर्न तत्काल आवश्यक रहेको बताउनुभयो । अबको बिकास र निकास भनेको सबै धर्मको समान सहभागिता र साझेदारितामा आधारित कार्यक्रम लागू गर्नु नै हो भन्दै त्यसो भएमा मात्रै राज्यको बिकास हुन्छ भन्नुभयो ।

त्यस्तै राजनैतिक दलको तर्फबाट बोल्दै नेकपा एमाले जिल्ला उपाध्यक्ष लाल बहादुर थापाले ईसाई धर्मावलम्बीहरि छरिएर भन्दापनी एकीकृत भएर अगाडि बढ्न शुझाव दिनुभयो ।त्यसोहुदा मात्र राज्यले पनि लगानी गर्न बाटो खुल्ने बताउनुभयो ।त्यस्तै गरि राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले ख्रिष्टमसको अवसरमा सार्बजनिक बिदा दिने आफ्नो पालिका सायदै पहिलो स्थानिय पालिका भएको जिकिर गर्नुभयो ।

बगमती प्रदेश आर्थिक मामिला मन्त्री बहादुर सि लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जनप्रतिनिधि , चेपाङ संघका जिल्ल प्रदेश तथा केन्द्रिय नेता,विभिन्न पार्टी प्रतिनिधी, संघसस्था , पास्टर लगाएतकाको आतिथ्यता रहेको थियो ।

आयोजकले मकवानपुरकै पुरानो पास्टरको रुपमा चिनिने पास्टर कृष्ण बहादुर चेपाङलाई सम्मान समेत गरेको छ । सस्थाका डाईरेक्टर कुमार सिंह प्रजाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण कार्यक्रम संयोजक रबिन्द्र प्रजाले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.