मनहरी। चैनपुर जेसीज मनहरीका कार्यक्रम संयोजक अनुप अधिकारी ‘बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड–२०२६’ बाट सम्मानित भएका छन्। जेसीज सप्ताह–२०२६ अन्तर्गत आयोजित कार्यक्रमको सफल संयोजन तथा व्यवस्थापनमा पुर्याएको योगदानको कदर गर्दै अधिकारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।
अधिकारीको संयोजकत्वमा जेसीज सप्ताह–२०२६ को दोस्रो कार्यक्रमअन्तर्गत मनहरी गाउँपालिका–६, बालभन्ज्याङस्थित राष्ट्रिय सरस्वती प्राथमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको थियो। बिहीबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।
मनहरी गाउँपालिकाको विकट क्षेत्रका रूपमा रहेको बालभन्ज्याङस्थित उक्त विद्यालयमा आदिवासी जनजाति समुदायका बालबालिकाहरू अध्ययनरत छन्। विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गतिविधिमा सहयोग पुर्याउने उद्देश्यले शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो।
चैनपुर जेसीज मनहरीका अध्यक्ष सुरेश गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मनहरी गाउँपालिकाका स्रोत शिक्षक एवम् जेसीजका सल्लाहकार विदुरविक्रम थापाको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रमको संयोजनदेखि व्यवस्थापनसम्मको जिम्मेवारी निर्वाह गरेका अधिकारीले प्राप्त गरेको अवार्डले सामाजिक सेवामार्फत समुदायमा सकारात्मक योगदान पुर्याउने अभियानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।
चैनपुर जेसीज मनहरीका अनुप अधिकारीलाई ‘बेस्ट प्रोग्राम कोअर्डिनेटर अवार्ड–२०२६’