हाँडीखोला युथ र तपोवन दुबै टोली उपाधी होडमा कस्ले मार्ला बाजि ??

मनहरी ४ मसिने गोलघर खेल मैदानमा जारी चौथो सस्करणको चैनपुर जेसीज मनहरी कप खुल्ला फुटबल प्रतियोगिताको उपाधी होडमा हाँडीखोला युथ क्लब र तपोवान एफसी बिच महा भिडन्त हुने भएकोछ । जिल्ला लिगमा समेत उत्कृष्ट खेल प्रस्तुत गरेका हाँडीखोला युथ क्लब पहिलो पटक संस्करणको फाईनलमा स्थान सुरक्षित गर्दै उपाधी होडमा रहेकोछ । अधिकांश स्थानिय तथा नेपाली खेलाडीका साथ मैदानमा उत्रिएको हाँडीखोला युथले उपाधी चुम्ने दावी गर्दै आईरहेकोछ ।

यस्तै साविक विजेता मकवानपुरगढी जेसीजलाई हराउँदै हेटौंडा १९ को तपोवन एफसी चौथो संस्करणको चैनपुर जेसीज मनहरी कप खुला फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको नयाँ टोलीले गत संस्करणको बिजेतालाई सेमीफाईनलमा नमिठो हार चखाउदै फाईनल प्रबेश गरे सङ्गै फाईनल जित्ने मनोवल उच्च राखेकोछ । ४ जना बिदेशी फुटबललाई आफ्नो टिममा समावेश गरेको तपोवनले पहिलो पटक संस्करणमा पहिलो पटक फाईनल खेल्दैछ ।

हाँडीखोला र तपोवन एफसी दुबै टोलीले पहिलो पटक संस्करणमा फाईनल खेल्न लागेको हो । तपोवनले फाईनल प्रवेशको लागि साविकको बिजेता मकवानपुरगढी जेसीजलाई २-० को जित निकालेको हो ।यस्तै हाडीखोला युथ क्लबले एफसी खरङ्गालाई समान २-० गोल अन्तरले पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगिताको फाईनल खेल आज असोज २६ गते सोमबार दिउँसो १-३० बजेबाट सुरु हुने प्रतियोगिता संयोजक नवराज रिजालले जानकारी दिए ।

प्रतियोगितालाई मनहरी गाउँ पालिका ४ नम्बर वडा कार्यालयले मुख्य प्रायोजन गरिएको छ भने यस्तै दोश्रो पुरस्कारको प्रायोजन साना किसान कृषि सहकारी संस्था ली. हाँडीखोलाले गरेको आयोजकले जानकारी दिएकोछ । साथै प्रतियोगिताको समापन तथा पुरस्कार बितरणको लागि बागमती प्रदेशका आर्थिक मामिला तथा कानुन मन्त्री माननीय सरल सहयात्री ” पौडेल” आउनुहुने चैनपुर जेसीजका बर्ष २०२६ अध्यक्ष सुरेश गौतमले जानकारी दिनुभयो ।

प्रतियोगितामा चितवनको एक र मकवानपुरका ११ गरी १२ क्लवको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेताले १ लाख एक हजार १११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार तथा अन्य विधागत उत्कृष्टले जनही ५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल युवाहरुको संस्था चैनपुर जेसीजले स्थापनाकालदेखी नै जेसीज कप खुला फुटबलको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.