निर्वाचनको मिति नजिकिदै गर्दा घरदैलो तथा मतदाता भेटघाटको क्रममा रहेका नेकपाका उमेदवार लवशेर बिष्टलाई गलाभरी फुलमाला लगाएर स्वागत गरेकाछन्।
भिमफेदी ७ र ८ नम्बरको मतदाता भेटघाटको क्रममा स्थानियले आफ्नो क्षेत्रको बिकासमा उमेदवार बिष्टको मात्रै आशा रहेको भन्दै घडा सहित न्यानो स्वागत गरिएको हो । थाहा नगरपालिकाको मेयर हुँदा आफुहरुले त्याहाको बिकासको मोडल देखेको र ईमानदारीताका साथ काम गरेको मान्छे भएको देखेको भन्दै जनताको न्यायको लागि भने पनि बिष्टले जित्नुपर्ने बताए ।
थाहा नगरपालिकालाई देशकै सर्बोत्कृष्ट नगरपालिका र जिल्लामै ३ पटक सुशासन र शून्य बेरुजु कायम गर्दै असल जनप्रतिनिधिको छवि बनाएका बिष्टलाई घरदैलो कार्यक्रममा जनताले फुलमाला अबिर खादाले स्वागत गर्दै आईरकाछन्।