नेकपाले मनहरीमा खोल्यो सम्पर्क कार्यालय, चुनावी कमाण्डर मुक्तानद्वारा उद्घाटन

नेपाली कम्युनिष्ट पार्टी नेकपाले मनहरीमा सम्पर्क कार्यालय खोलेकोछ । बिहिबार एक कार्यक्रमका बिच मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का चुनावी कमाण्डर बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री माननीय कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा मनहरी ९ रजैयामा सम्पर्क कार्यालय खोलिएको हो ।

चुनावमा पार्टी र स्थानिय समुदाय तथा कार्यकर्ता बिच जनसम्पर्क कायम राख्नको लागि सम्पर्क कार्यालय खोलिएको नेकपा मनहरीका संयोजक एकराज पुरीले जानकारी दिनुभयो ।

सैयौको संख्यामा उपस्थित पार्टी नेता तथा कार्यकर्तालाई प्रमुख अतिथी माननीय कुमारी मुक्तान,पार्टी केन्द्रिय सदस्य किशोर बर्तौला,पार्टी प्रदेश सचिवालय कमिटी सदस्य वीर बहादुर घलान ( ज्वाला), मकवानपुर जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ प्रत्यक्ष तर्फका उम्मेद्बार लवशेर बिष्ट , समानुपातिक तर्फका उम्मेद्बार चर्चित युवा नेता मंगल सिङ प्रजा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

नेकपाले पहिलो स्थानिय तहको निर्वाचनबाट निर्वाचित थाहा नगरपालिकाका पुर्व सफल मेयरलाई यस पटक निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेद्बार बनाएपछी बिष्टको सबै तिर चर्चा हुन थालेकोछ ।

आफ्नो कार्यकालमा आफ्नो नगरपालिकालाई सुशासन र शून्य बेरुजु राख्दै देशकै उत्कृष्ट नगरपालिका बनाउन सफल उनै मेयर प्रतिनिधि सभाको यात्रामा पार्टीको तर्फबाट अघि सारेपछी पार्टी कार्यकर्तामा थप हौसला र स्थानिय मतदाताहरुमा खुशियाली थपिएको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.