तत्कालिन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको मुल नेतृत्वले कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा ल्याई नेपाली कम्युनिष्ट पार्टी निर्माण अभियानबाट असहमति जनाउदै पार्टीबाट अलग भएको घोषणा गरेको वीर बहादुर घलान ( आनन्द) लाई कारबाही गरेको छ ।
मंसिर २७ गते शनिबार मनहरी ९ रजैयामा बसेको पार्टिको अन्तिम बैठक तथा भेलाले घलानलाई कारबाही सङ्गै पार्टीको नेतृत्वमा एकराज पुरीलाई चयन गरिएको हो । पुरी मनहरी गाउँ कमिटीको वरिष्ठ उपाध्यक्ष हुन । लामो समय शिक्षण पेशामा रहेका पुरी पछिल्लो समय सामाजिक तथा राजनैतिक क्षेत्रमा समेत सक्रिय रहेका पुरी एक ईमान्दार छवि भएको ब्यक्तिको रुपमा परिचित छन ।
पार्टीका जिल्ला ईन्चार्ज तथा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य बिजय गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले यहि मंसिर १९ गते नेपाली कम्युनिष्ट पार्टीको मनहरी गाउँ पालिका स्तरिय भेला सम्पन्न गर्ने समेत निर्णय गरेकोछ ।
यस्तै अन्तिम बैठकमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य द्वय वीर बहादुर घलान र सीता पुलामी मगर ( रेखा) ,प्रदेश कमिटी सदस्य राज कुमार पाख्रिन , रामहरि सुवेदी , नेता ध्रुव खड्का, प्रकाश थापा, वाईसीएल केन्द्रिय सदस्य दीपेन्द्र अधिकारी, वाईसिएल नेता मदन उप्रेती लगाएतकाको आतिथ्यता रहेको थियो ।