चैनपुर जेसीज मनहरी कपमा गुरुशिष्य सेमिफाइनलमा

मकवानपुरको मनहरी गाउँपालिका ४ मसिनेस्थित गोलघरमा जारी तेस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा गुरुशिष्य पाठशाला सेमिफाइनल प्रवेश गरेको छ । हाँडीखोला यूथ क्लवलाई २-० गोलले हराउँदै गुरुशिष्यले अन्तिम ४ मा स्थान पक्का गरेको हो । गुरुशिष्यले माया एफसीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको थियो भने हाँडीखोलाले बाई पाएको थियो । गुरुशिष्यलाई जिताउने क्रममा अभिषेक तामाङले दोस्रो हाफको १४ मिनेटमा पहिलो गोल गरेका थिए । यस्तै खेलको करिब अन्तिम मिनेटमा साजन पाख्रीनले अग्रता दोब्बर बनाए । खेलको म्यान अफ द म्याच गुरुशिष्यका अभिषेक तामाङ घोषित भए । आइतबारै भएको खेलमा मनहरी गाउँपालिका ५ नम्बर वडाले शान्ति सृजना युवा क्लवलाई २-१ ले हरायो ।
मनहरी ५ ले दोस्रो हाफको ३ मिनेटमै २ गोल गरेको थियो । मनहरी ५ का पुस्कल गोले र समीर ठकुरीले गोल गरेका हुन् । शान्ति सृजनाको तर्फबाट साजन कटुवालले पेनाल्टीमार्फत गोल गरेपनि टिमलाई हारबाट जोगाउन सकेनन् । खेलको म्यान अफ द म्याच मनहरी ५ का पुस्कल गोले घोषित भए । १ गतेसम्म सन्चालन हुने प्रतियोगिताको विजेताले एकलाख एकहजार एकसय ११ रुपैयाँ तथा उपविजेताले ५१ हजार १५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १० हजार र विधागत उत्कृष्टले जनही नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । चैनपुर जेसीज मनहरीले आयोजना गरेको प्रतियोगितामा मकवानपुर र चितवनको गरी १३ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.