राक्सिराङ कालिका मन्दिर नजिक खस्यो चट्याङ ४ घर बिद्धुत अबरुद्ध

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ८ को माईसिराङ्ग न्याम्सिटी टोलमा चट्याङ खसेकोछ । शुक्रबार दिउँसो ४:३० बजेको समयमा परेको चट्याङले न्याम्सिटी कालिका मन्दिर सहित ४ जना स्थानियको घरमा क्षती पुगेको स्थानिय समाजसेवी सागर प्रजाले जानकारी दिए ।

उनले थप्दै भने घरमा श्रीमती , बाबा र म थिए एक्कासी आवाज आयो बाबा अगेनामा आगो ताप्दै बसिरहनु भएको थियो बाहिर निस्केर हेर्दा चट्याङ लागेर मन्दिरको जस्ता उडाईदिएछ । प्रजाका अनुसार उनका घर छेवैबाट जमिन चिरा परेकोछ ।

प्रजासङ्गै स्थानिय महेश गाल्साराङ्ग ,मशु प्रसद चेपाङ र मन्दिरमा पुर्ण बिद्धुत अबरुद्ध भएकोछ । चट्याङले एमसिबि, बल्ब , पलगमा पुर्ण रुपले क्षती भएकोछ । अत्याधिक रुपमा चट्याङ खस्ने राक्सिराङ्ग गाउँपालिकामा यस पटक भने मानवीय क्षती हुन पाएन ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.