श्रमदान मार्फत गाउँ जाने बाटो सफाईमा राक्सिराङ्ग ४ का स्थानिय बासिन्दा

राक्सिराङ्ग गाउँपालिकामा पछिल्लो समय श्रमदान मार्फत सामाजिक कार्य गर्ने सस्कारको बिकास भएको देखिन्छ । यसको ज्वलन्त उदाहरण हो राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ४ को राक्सिराङ्ग गाउँका स्थानियहरु ।

सरकारी कार्यालय अर्थात वडा सरकारको कार्यालय, स्वास्थ्य चौकी र घना बस्ती सोही बाटो हुँदै दैनिक आवतजावत गर्ने मुख्य बाटोको रुपमा रहेको उक्त सडक खण्डको ३ किलो मिटर बाटो सरसफाईमा स्थानिय जुटेकोहो । स्थानियहरुलाई सामाजिक सन्जाल र अन्य माध्यामबाट आफ्नो गाउँको बाटो मर्मत गर्न सुचना नै जारी गर्दै शनिबार अर्थात साउन ३१ गतेलाई श्रमदानको मिति तोकिएको थियो ।

शनिबार एकाबिहान गाउँलेहरु घरमा भएका कुटो, कोदालो , सावेल,हसिया लिएर काममा लागेको स्थानिय केशब लामाले जानकारी दिनुभयो । झण्डै ९०/९५ जनाको हाराहारीमा श्रमदानमा उत्रिएको र सरसफाईको काम सकेको र ठुला ठुला ढुङ्गा खसी बाटो अबरुद्ध भएको ठाउँमा सामान्य आवतजावत गर्न मिल्ने बाटो सफाई गरिएको बताउनुभयो । सरसफाई कार्यक्रम अन्तर्गत सडकको खाल्डो खुल्डी पुर्ने, नाला ब्यबस्थाप , बाल निर्माण लगाएतका कार्य भएकोछ । साथै बाकी रहेको ठुला ठुला ढुङ्गा छिट्टै नै सफा गर्ने बताउनुभयो । यस्तै श्रमदान अभियानलाई सार्थक पार्नको लागि पन्जनी गाउँबाट राजुमान थिङको नेतृत्वमा श्रमदानमा सहभागी भएकोछ । बाटो आवतजावत गर्न समेत अफ्ठेरो परेपछि उनिहरु श्रमदान अभियान चलाउन बाध्य भएकाहुन ।

श्रमदातालाई स्थानिय युवा ब्याबसायी नवराज र ओम शंकर को खानामा सहयोग

गिङ्गु खानी देखि राक्सिराङ्ग गाउँ हुँदै अन्यत्र बस्तिमा पुग्ने बाटो सफाई गर्ने श्रमदातालाई स्थानिय युवा ब्याबसायी नवराज थिङ र ओम शंकर स्याङ्तानको टोलिले खानाको सहयोग गरेकाछन । युवा समाजसेवी थिङ सहितको टोलिले श्रमदानमा आउने स्थानिय भोक भोकै काम गर्न नपरोस भनी थप हौसला र उर्जा थप्नको लागि सहयोग गरिएको स्थानिय युवा समाजसेवी तथा ब्याबसायी थिङले जानकारी दिनुभयो ।

जन स्तरबाटै आफ्नो गाउँ जाने बाटो मर्मत तथा सरसफाई हुँदै गर्दा सरोकारवाला निकाय अर्थात स्थानिय सरकार भने मौन देखिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.