बोलेको वचन पूरा गरे मनहरी बहुमुखीका क्याम्पस प्रमुख बर्तौलाले २८ जना एसईई पास बिधार्थी सम्मानित

मनहरी बहुमुखी क्याम्पसका प्राचार्य गोबिन्द बर्तौलाले आफुले बोलेको वचन पूरा गरेकोछ ।

एसईई २०८१ को परिक्षामा ए प्लस र ए ल्याउने बिद्यार्थीलाई ब्यक्तिगत रुपमै पुरस्कारको घोषणा गरेका थिए । सोही अनुसार मंगलबार क्याम्पसमै एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको हो । नगद सम्मान पत्र र दोसल्ला सहित सम्मान कार्यक्रममा सामुदायिक बिधालय बाट ए प्लस ल्याउने बिधार्थी लाई रु. १०,०००/- र संस्थागत तर्फ बाट ए प्लस ल्याउनेलाई नगद रु. ५,०००/- सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो । यस्तै महेन्द्र किरण मा . बि. बाट प्रथम हुने सुस्मिता मल्ललाई नगद ५ हजार रुपैया सहित सम्मान पत्रबाट सम्मान गरिएको थियो । यस्तै गरि सामुदायिक बिधालय तर्फ मनहरी १ मकरी स्थित बाल जीवन ज्योती माध्यामिक बिधालयकी छात्रा लक्ष्मी लामिछानेले ए प्लस ल्याउदै पालिका प्रथम हुँदै दश हजार रुपैयाँ प्राप्त गरिन । यस्तै युनाईटेड ईङ्लिस बोर्डिङ स्कुलकी छात्राहरु सृष्टि शंकर र निलिमा गिरिले ५/ ५ हजार नगद सहित सम्मान पत्र प्राप्त गरे । यस्तै गरि ३.२ जिपिए भन्दा माथी नतिजा ल्याउन सफल २५ जना बिधार्थीहरुलाई सम्मान पत्र र डायरी प्रदान गरिएको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा उधोग बाणिज्य संघ मकवानपुरका अध्यक्ष प्रमोद सिंह रानाभाटको बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै गरि वडा अध्यक्षहरु , शिक्षा शाखा मनहरी प्रमुख , उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती मकवानपुर सभापती , बिधालयका प्र. अ.तथा प्रतिनिधि शिक्षक, लगाएतकाको आतिथ्यता रहेको थियो ।

एसईई २०८१ को परिक्षामा मनहरीको ९ वटा सामुदायिक र ३ वटा संस्थागत गरि १२ वटा बिधालयबाट ४२९ जना सहभागी बनेका थिए ।जसमध्ये १४२ जना उत्रिण हुन सफल भएकाछन्। भने १.६ भन्दा कम अर्थात फेल हुनेको संख्या २८७ जना रहेकोछ ।

गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी रन्जन कालाखेतिले शिक्षामा पहिलेको भन्दा सुधार आएको र पास प्रतिशत घटाउन कुनै बिधालयलाई छुट नभएको बताउदै शिक्षामा सुधार ल्याउन सबै पक्ष लागि पर्नु पर्ने बताउनुभयो।

मनहरी बहुमुखी क्याम्पसको आयोजनामा क्याम्पसका प्राचार्य बर्तौलाले उनका पिता श्रीकृष्ण बर्तौला मार्फत घोषित कार्यक्रमा सहयोग प्राप्त भएको हो । यस बर्ष मनहरी गाउँपालिकाको गत बर्षमा भन्दा केही सुधार उन्मुख भएको पाईन्छ । गत बर्ष २४ % पास भएकोमा यस बर्ष ३३.१ % रहेकछ ।कार्यक्रम क्याम्पस समितिका अध्यक्ष तथा पुर्व बागमती प्रदेश सभा सदस्य माननीय ओम बहादुर ग्लानको सभाध्यक्षता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.