चट्याङले राक्सिराङ्गमा लियो ६ बर्षिया बालिकाको ज्यान, आमा शक्त घाईते

राक्सिराङ्ग गाउँपालिकामा चट्याङले एक जना बालिकाको ज्यान गएकोछ । शुक्रबार साँझ ६ बजे तिर परेको चट्याङले खाना खान बाहिर पिढिमा निस्कने बेलामा राक्सिराङ्ग ८ माईसिराङ्गकी ६ बर्षिया बालिकाको घटना स्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा एनिका प्रजा रहेकोछ ।

आमा छोरी मात्र घरमा रहेको अवस्थामा दुबै जना खाना खान बाहिर पिढिमा निस्कने क्रममा छोरिको घटना स्थलमै ज्यान गएको हो भने आमा बर्ष २५ को रबिना प्रजा घाईते भएकोछ । घाईते रबिनाको देब्रे खुट्टा नचल्ने र थप उपचारको लागि हेटौंडा अस्पताल रिफर गरिएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख विशाल सापकोटाले जानकारी दिनुभयो ।

यस्तै गरि साँझ परेको चट्याङले राक्सिराङ्ग ९ चोराङ्गमा ३ जना घाईते भएको र थप जानकारी आउन बाँकी रहेको ईप्रका मनहरीले जानकारी दिएकोछ ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.