चेपाङ मुक्ति मोर्चा नेपाल मकवानपुर जिल्ला अध्यक्षमा हेमलाल चेपाङ सर्बसम्मत निर्वाचित भएकोछ ।

चेपाङको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको हो । कमिटीमा हस्त कुमारी प्रजा र अनिशा चेपाङ उपाध्यक्ष ,सुजन चेपाङ सचिव ,सुशील चेपाङ सह सचिव , भक्त बहादुर प्रजा कोषाध्यक्षमा निर्वाचित भएकाछन ।
नेकपा माओवादी केन्द्रको जनबर्गिए सङ्गठन बिस्तार अन्तरगत माओबादी केन्द्र मकवानपुरको जिल्ला पार्टी कार्यालय हेटौंडा कार्यालयमा पार्टीको केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यतामा चेपाङ मुक्ती मोर्चा गठन गरिएको हो।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र जिल्ला संयोजक भिम पाख्रिन , पार्टी प्रदेश कमिटी सदस्य बनस्तम थिङ, नेपाल चेपाङ संङ बागमती प्रदेश अध्यक्ष तथा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य खुसिलाल चेपाङ नेकपा माओवादी केन्द्र राक्सिराङ्ग गाउँ कमिटी अध्यक्ष हस्त बहादुर मोक्तान , वाईसियल नेपाल मकवानपुर जिल्ला अध्यक्ष मुक्ति लामा लगायत अन्य जनवर्गीय संगठनका नेताहरु उपस्थिति रहेकोथियो।