हेटौंडामा बाल बिबाह न्यूनीकरणको लागि किशोरी सम्मेलन

बाल बिबाह न्यूनीकरणको लागि हेटौंडामा सामुहिक छलफल आयोजना भएकोछ ।

जेष्ठ २५ गते बिहिबार रोयल पार्टी प्यालेस हेटौंडामा प्रदेश युवा परिषद र ग्रीन फाउन्डेसन नेपालको सहकार्यमा अस्मिता नेपालको आयोजना गरिएको कार्यक्रममा “बाल बालिकाको ईच्छा ,बिबाह होईन शिक्षा” भन्ने मुल नाराका साथ आयोजना गरिएको हो ।

बाल बिबाह रोक्न पहिलो पटक जिल्लाका विभिन्न स्थानिय पालिकाको जनप्रतिनिधि, सरोकारवाला र कोशोर / किशोरी बिच बाल बिबाह रोकथामको लागि छलफल चलाईएको थियो ।

कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननिय प्रतिभा खड्की श्रेष्ठद्वारा पानसमा बत्ती बाली औपचारिक रुपमा उद्घाटन गर्नुभएको थियो । प्रमुख अतिथी समेत रहनु भएका श्रेष्ठले बाल बिबाहलाई न्युनिकरण गराउन प्रदेश सरकार सरोकारवालाहरुसङ्ग मिलेर अगाडि जान तयार रहेको बताउनुभयो ।

प्रदेश सभा सदस्य तथा पुर्व यातायात मन्त्री एक लाल श्रेष्ठले बाल बिबाह ग्रामीण क्षेत्रमा बढी पाईएको भन्दै त्यता तिर राज्यको ध्यान दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिती मकवानपुर प्रमुख ललित घलानले बाल बिबाहलाई रोकथामको लागि शिक्षामा लगानी अन्तर्गत छात्रावासको निर्माण गर्ने कार्यमा लागि परेको बताउनुभयो ।

राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले गरिबीको कारण नै बाल बिबाहको अन्त्य हुन नसकेको भन्दै गरिबीसङ्ग लड्नु पहिलो प्राथमिकता रहेको भन्दै गरिबी यथा स्थानमा होला तथापी बाल बिबाहलाई रोक्ने प्रयास गरिरहेको बताउनुभयो । गरिबीको कारणले शिक्षामा कमि हुदा बाल बिबाह हुने गर्दछ । तसर्थ बाल बिबाह रोकथामको लागि शिक्षामा लगानी गर्नु पर्ने हुन्छ र सोही अनुसार पालिकाले प्रोत्साहन गर्न कार्यक्रम ल्याईएको समेत बताउनु भयो ।

जिल्लाका विभिन्न स्थानिय तहका झण्डै ५० जना भन्दा बढी किशोर/किशोरीको सहभागिता रहेको कार्यक्रममा उठेका सवालका जवाफ दिन राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिश्नु कुमारी लामिछाने , किशोरी समूह राक्सिराङ्गका अध्यक्ष सबिना चेपाङ छलफलमा सहभागिता जनाएकाथिए । कार्यक्रम अस्मिता नेपालका अध्यक्ष आरती पाठकको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.