मनहरीबाट रोकिरहेको ट्रक चोरीको प्रयास, हावा पाईप फुट्दा सडकमै गाडी छोडी चोर फरार,

मनहरी गाउँपालिका वडा नम्बर ७ रमनटारमा रोकि राखेको बार्‍ह चक्के ट्रक अज्ञात समुहले चोरी गर्ने प्रयास गरेकोछ । बुधबार बिहान ४:३७ बजेको समयमा मनहरी बजार क्रस गरि हेटौंडा तर्फ लागेको सिसि टिभी फुटेजले देखाएपछी खोजी कार्यलाई तिब्रता दिईएको थियो । रोकि राखेको अवस्थाबाट चोरी गरि घरबाट झण्डै १३ किलोमिटर पर मनहरी ९ नम्बरको रजैया क्षेत्रमा सडकको छेउमा रोकेर राखिएको अवस्थामा बेवारिसे अवस्थामा ईप्रका मनहरीको टोलिबाट फेला पारेको हो ।

पोखराबाट राती १ बजे तिर रड खाली गरि घर आईपुगेको र गाडी पार्किङ गरि ब्याट्रीको टार समेत छुट्याईराखेको अवस्थामा चोरी भएको हो । गाडिमा सहचालक समेत नरहेको अवस्थामा चोरले गाडी चोरी लैजाने क्रममा ३ वटा गाउँलाई जोड्ने उपाध्यक्षकोषबाट बनेको नवनिर्मित पुलको पोलहरुमा समेत पुर्ण क्षती पुर्‍याईएकोछ।


ना ६ ख ३६६१ नम्बरको ट्रक रजैया आसपासमा पुग्दा हावा पाईप फुटेपछी ब्रेक लागि अगाडि नबढ्ने भए पछि छोडी गएको थियो । ईप्रका मनहरीद्वारा खोज तलास गर्दा फेला परेको गाडी गाडिधनीलाई बुझाउने तयारी भैरहेको जानकारी ईप्रका प्रमुख प्रहरी निरिक्षक विशाल सापकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.