राक्सिराङ्गको सबै वडामा बिजुली पुग्यो, उद्घाटन गर्न महानिर्देशक कुलमान राक्सिराङ्ग आउँदै

नेपाल बिद्धुत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्ग राक्सिराङ्ग आउने पक्का भएकोछ । निर्देशक घिसिङ चेपाङलाई बिजुली कार्यक्रमको उद्घाटन गर्न यहि चैत्र ११ गते राक्सिराङ्ग आउने कार्यक्रम तय भएको राक्सिराङ्ग गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो ।

बिक्रम सम्बत २०७७/०७८ सालमा राक्सिराङ्ग, कैलाश र मनहरीको केही भागमा बिद्धुत अत्यावश्यक रहेको अवस्थामा तत्कालिन बागमती प्रदेश सभा सदस्य माननीय ओम ग्लान राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिका अध्यक्ष टंक मुक्तान र मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीको संयुक्त टोलिले महानिर्देशक घिसिङ हेटौंडा आउनुहुदा बिजुली माग गरिएको थियो । फलस्वरुप बिद्धुत प्राधिकरणले एडिभीको आर्थिक सहयोगमा विद्युतीकरणको काम शुरुवात अरिएको थियो ।

रक्सिराङ्ग गाउँपालिकाको २ वटा वडामा बिजुली पुगेसङ्गै पालिकाको सबै वडामा बिजुली पुगेको पालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो । राक्सिराङ्ग गाउँपालिकाको ७ को २ सय घरधुरी र ९ नम्बरका झण्डै ४ सय घरधुरी गरि ६ सय घरधुरीलाई बिद्धुतको पहुचमा पुगे लगतै राक्सिराङ्ग पुर्ण बिद्धुतिकरण पालिका बनेकोछ ।

११ गते राक्सिराङ्ग ९ अठारेमा रहेको ट्रान्सर्फमर जडान गरि वडा कार्यालय र कार्यालय आसपासका स्थानियका घरहरुमा जडित मिटरबक्सको अन गरि चेपाङलाई बिजुली कार्यक्रमको बिधिवत रुपमा उद्घाटन गरिने कार्य तालिका रहेको पालिका अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

चेपाङ बस्तिमा पुग्ने ईच्छा प्रकट गर्नुभएका घिसिङलाई मकवानपुरकै बिकट मानिने राक्सिराङ्ग गाउँपालिका ल्याउन लामो समय देखि अध्यक्ष मल्ल निरन्तर लागि पर्दै आईरहनुभएकोछ । महानिर्देशक घिसिङ राक्सिराङ्ग आउने समय निस्चित गर्न आज मङ्गलबार संविधान सभा सदस्य माननिय गोबिन्द राम चेपाङ्ग सहित प्राधिकरणमै पुग्नुभएका अध्यक्ष मल्ल अन्ततोगत्व सफल हुनुभएकोछ ।

यो सङ्गै पालिका भित्र रहेका काठेपोल बिस्थापन गराउन पहल गरिने समेत अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.