मनहरीमा जारी प्रथम खेलकुद तथा ब्यापार महोत्सवको फुटबल खेल तर्फ वडा नम्बर ७ र ६ नम्बर फाईनलमा प्रबेश गरेको थियो । ७ नम्बर वडाले ४ नम्बर वडालाई टाईब्रेकरमा हराउदै फाईनलमा प्रबेश गरेको थियो । त्यस्तै वडा नम्बर ६ ले ९ नम्बर वडालाई पराजित गर्दै फाईनलमा स्थान सुरक्षित गरेको थियो ।उस्ले ९ नम्बरलाई १-० गोल अन्तरले हराउदै फाईनलमा ७ नम्बर वडासङ्गको भेट पक्का गरेको थियो ।
फुटबल तर्फ बिजेता/ उपबिजेताले क्रमश: नगद १,००,०००/- एक लाख रुपैयाँ र ५०,०००/- पचास हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै विभिन्न बिधागत रुपमा सम्मान समेत गरिनेछ ।
फुटबलको फाईनल खेल बुधबार दिउँसो २ बजे मनहरी ७ रमौली स्थित क्षेत्रीय रंगशालामा हुने फुटबल संयोजक बिकास पाख्रिनले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र दोश्रो हुने दुबै टोलिलाई महोत्सब समापनको अन्तिम दिन पुरस्कार प्रदान गरिनेछ ।
