मनहरीमा जारी उपाध्यक्ष भलिबल कपको सेमिफाइनलमा प्रबेश गर्ने अन्तिम ४ टोलिको टुङ्गो लागेकोछ । पहिलो चरणको खेल सम्पन्नसङ्गै वडा नम्बर ३,४,५ र ९ सेमिफाईनलमा प्रबेश गरेको हो ।
आज बिहान भएको खेलमा वडा नम्बर ३ ले ६ नम्बरलाई पराजित गर्दै ३ नम्बर सेमिफाईनलमा प्रबेश गरेको हो । दुबै खेलमा हारसङ्गै वडा नम्बर ६ पहिलो चरणबाटै आउट भएको हो । ६ नम्बरलाई ३ नम्बरले (२५-१६ र २५-१७) को सोझो सेटमा पराजित गर्यो ।
त्यस्तै दोश्रो खेलमा वडा नम्बर ४ र ५ बिच भएको खेलमा वडा नम्बर ४ बिजयी भएको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा ४ नम्बरले (२४-२६,२५-१६ र १५-११) को संघर्षपुर्ण जित निकाल्यो । दुबै खेल जित्दै वडा नम्बर ४ समूह बि बिजेता बन्दै सेमिफाईनलमा पुगेको हो । त्यस्तै दुबै खेल जित्दै वडा नम्बर ३ समूह ए बिजेता बन्दै सेमिफाईनलमा प्रबेश गरेको हो । त्यस्तै एक / एक खेल जितेको वडा नम्वर ९ र ५ क्रमश समूह ए र बि को उपबिजेता बन्दै सेमिफाईनलमा प्रबेश गरेको हो ।
फाईनल प्रबेशको लागि समूह ए बिजेता वडा नम्बर ३ र समूह बि उपबिजेता वडा नम्बर ५ बिच पहिलो सेमिफाईनलको खेल १:०० बजे र समूह बि बिजेता वडा नम्बर ४ र समूह ए उपबिजेता वडा नम्बर ९ बिच दोश्रो सेमिफाईनल खेल हुनेछ ।
उपाध्यक्ष भलिबल कपको फाईनल खेल भोलि बिहान ८ बजे हुने जानकारी आयोजक खेलकुद बिकास समितीले जानकारी दिएकोछ । उपाध्यक्ष भलिबल कपको बिजेता/उपबिजेताले क्रमश:५०,०००/- र ३०,०००/- सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै गरि बिधागत रुपमा उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कार प्रदान गरिनेछ ।