मनहरी–फागुन २४ गते । मनहरी खेलकुद विकास समितिले फागुन २१ गतेबाट सुरु गरेको मनहरी खेलकुद तथा ब्यापार महोत्सव २०८१ मा दर्शक तथा अवलोकनकर्ताको बिस्तारै चाप बढ्न थालेकोछ ।
आइतबारका लागि स्थानीय कलाकारहरुसहित राष्ट्रिय रुपमा चर्चित गायिक प्रिती आले महोत्सवमा आउने निश्चित भएको छ । उहाँका चर्चित थुप्रै गीतहरु छन् । तीमध्ये ‘आयो तेरो मिस, चुप लाग साला ठिस्’ बोलको गीत निकै चर्चामा छ ।
यस्तै आजै आफ्नो प्रस्तुती लिएर आले सहित अनिल सुनार, सीता सदाशन्कर लगाएत अन्य कलाकार मनहरी आउने पक्का भएको आयोजकले जनाएकोछ ।
चैत ४ गतेसम्म सञ्चालन हुने महोत्सवमा आगामी दिनहरुमा चर्चित कलाकाहरु आउने तालिका सार्बजनिक भइसकेको छ । गायक राजु परियार, ज्योति मगर, दुर्गेश थापा, विश्व दोङ, उर्गेन लामा, एलिना चौहान लगायत चर्चित अनुहारलाई महोत्सवमा ल्याउने तयारी भएको महोत्सवका व्यवस्थापक एभरेष्ट इमेन्ट म्यानेजमेन्ट प्रालिले जनाएको छ ।