राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ६ मा एक जना महिलाको भिरबाट लडेर मृत्यु भएकोछ ।
घाँस काट्न घरबाट निस्किएका बर्ष ४९ कि टिकामाया ग्लानको शब स्याकपारा भिरबाट झण्डै १२ सय मिटर मुनि खोल्सामा गाउँलेहरुले खोजी गर्ने क्रममा भेटिएको राक्सिराङ्ग ६ नम्बर वडाका अध्यक्ष अक्कल बहादुर मुक्तानले जानकारी दिनुभयो ।
उहाका अनुसार घाँस काट्न भनेर निस्किएको तीन दिन सम्म पनि सम्पर्कमा नआएपछी खोजी गर्ने क्रममा आज सोमबार दिउँसो १ बजेको आसपासमा ग्लानको शब खोल्चामा फेला पारेको थियो ।
घटना बारे जानकारी पाए लगतै कान्द्राङ्ग चौकी राक्सिराङ्ग ९ र ईलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलिले शबलाई पोस्टमार्टम गको लागि हेटौंडा अस्पताल पुर्याईएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख प्रहरी निरिक्षक विशाल सापकोटाले जानकारी दिनुभयो ।