नेपाल चेपाङ संघको नयाँ नेतृत्वमा महेश कुमार सर्बसम्मत

नेपाल चेपाङ संघ मकवानपुरको सातौं जिल्ला अधिबेशनबाट महेश कुमार चेपाङ जिल्ला अध्यक्षमा सर्बसम्मत निर्वाचित भएकाछन् ।

उद्योग बाणिज्य संघ पश्चिम् क्षेत्र समिती मनहरीको सभाहलमा भएको संघको अधिबेशनमा जिल्ला भित्रका प्रतिनिधि, पर्यवेक्षक एबम चेपाङ संघका प्रदेस तथा केन्द्रका नेताहरु सम्मीलित अधिबेशनबाट महेश कुमार चेपाङको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्यकारिणी समितीको नयाँ समिती गठन भएको हो । अधिबेशनले शोभा चेपाङ,किशोर चेपाङ,भक्त बहादुर चेपाङ र अभि राना चेपाङ क्रमशः उपाध्यक्ष, सचिब,कोषाध्यक्ष र सह सचिव पदमा सर्बसम्मत निर्वाचित भएकाहुन्। यस्तै गरि सदस्यहरुमा राजेन्द्र कुमार चेपाङ,ईन्द्रलाल चेपाङ,सबिन चेपाङ,मिलन चेपाङ,दिपउ चेपाङ,अस्मिता चेपाङ,दिलिप चेपाङ,कमल चेपाङ,निराजन चेपाङ,प्रज्वल चेपाङ,लक्ष्मी चेपाङ( क) र लक्ष्मी चेपाङ( ख) निर्वाचित भएकाहुन्।

अधिबेशनमा नेपाल चेपाङ संघ केन्द्रिय अध्यक्ष गोबिन्दराम चेपाङको प्रमुख आतिथ्यता रहेको थियो ।त्यस्तै गरि निबर्तमान बागमती प्रदेश सभा सदस्य तथा पुर्व भौतिक राज्य मन्त्री सन्त कुमार चेपाङको बिशिष्ट आतिथ्यता रहेको थियो । यस्तै गरि नेपाल चेपाङ संघ बागमती प्रदेश अध्यक्ष खुशिलाल चेपाङको बिशिष्ट आतिथ्यता रहेको थियो भने चेपाङ समुदायका अन्य गन्यमान्य एबम सामाजिक ब्यक्तित्वहरुको आतिथ्या रहेको थियो ।

नब निर्वाचित अध्यक्ष महेश कुमार चेपाङले संघको गुमेको अस्तित्वलाई फेरि पुनर्जागरण गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । त्यस्रौ गरि ब्यबारिसे अवस्थामा रहेको संघको भवन र संग्रहालयलाई पुन सन्चालनमा ल्याईने प्रतिबद्धता जनाउनुभयो ।

बिबिध कारण संघको अधिबेशन समयमै हुन नसकिरहेको कारण गतिबिधी प्राय शून्य रहेको अवस्थामा अब बनेको नया नेतृत्वले नियमित गतिबिधीमा जोड दिनेमा अतिथिहरुले बिश्वास ब्यक्त गर्नुभएको थियो । नब निर्वाचित टिमको ३ बर्षसम्म कार्यकाल रहनेछ । निबर्तमान अध्यक्ष पुर्ण बहादुर चेपाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा नब निर्वाचित पदाधिकारी तथा समिती सदस्यलाई केन्द्रिय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि गोबिन्दराम चेपाङले सपथ खुवाउनुभएको थियो । अधिवेशनमा चेपाङ समुदायसंग सम्बन्धि समाचार सम्प्रेषण गरि महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकारहरूलाई सम्मान पत्र प्रदान समेत गरिएको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.