पालिका अध्यक्ष सर्केश घलानद्वारा रङ्गशालामा थप प्याराफिट निर्माण र एकेडेमी सन्चालन गर्ने उद्घोष

मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मन्तव्य राख्दै बागमती गाउँपालिका अध्यक्ष तथा कार्यक्रमको बिशिष्ट अतिथी सर्केश घलान (मधु) ले नब निर्मित रंगशालाको पुर्वी गेट तर्फ बासद्वारा बनेको अस्थायी प्याराफिटलाई ब्यबस्थित र सुबिधासम्पन्न बनाईने उद्घोष गर्नुभयो । साथ साथै गाउँपालिकाले खेलाडी उत्पादनको लागि एकेडेमी संचालन गर्ने तरखरमा रहेको बताउनु भएकोछ ।

बागमती गाउँपालिका खेलकुदमय भएको प्रष्ट उदाहरण दर्शकको उपस्थितिले देखाएको भन्दै स्थानिय स्तरबाटै खेललाई सम्बर्द्धन गर्न जरुरी रहेको समेत बताउनुभयो ।
साथ साथै रंगशाला निर्माणमा जनश्रमदान मार्फत सहयोग गर्नुहुने सम्पुर्ण जनतालाई धन्यवाद दिनुभयो ।

स्थानिय पालिकाको आफ्नै लगानिमा बनेको नब निर्मित रंगशालाको उद्घाटन फाल्गुन ३ गते भब्य कार्यक्रमका बिच पुर्ब प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो । ३ करोड ६० लाखमा ठेक्का लागि निर्मित रंगशालामा रातको समयमा समेत खेल खेल्न मिल्ने गरि रंगशालाको चारैतिर बत्ती जडान गरिएकोछ । त्यस्तै रंगशाला निर्माणको क्रममा झण्डै १० लाख बराबरको जनस्तरबाट जनश्रमदान भएको पालिका श्रोतकोछ।

फाल्गुन ३ गते देखि १२ गते सम्म संचालन भएको प्रतियोगिताको बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्ष तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा रहेको थियो । पुरस्कार वितरण कार्यक्रममा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्र कुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी, एन्फा केन्द्रिय सदस्य टीका लामा लगायतको आतिथ्यता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.