राक्सिराङ्ग गाउँपालिका ६ नम्बर वडाका अध्यक्ष अक्कल बहादुर मोक्तानलाई मातृशोक परेकोछ ।
वडा अध्यक्ष मोक्तानको ममतामयी माता बर्ष ७७ कि सुकुमाया मुक्तानको केही दिन अघि मात्रै भर्याङ्गबाट लडेर मेरुदण्डमा चोट लागेको थियो । भरतपुर अस्पतालमा उपचाररत मुक्तानको सोमबार उपचारकै क्रममा निधन भएको हो ।
जननिर्वाचित वडा अध्यक्षका ममतामयी माताको निधन प्रती गहिरो समबेदना प्रकट गर्दै फाल्गुन ६ गते मङ्गलबार आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द रहने ६ नम्बर वडा कार्यालयले सुचना मार्फत जानकारी दिईएकोछ ।
