Wazamba casino

आर्मीलाई टाईब्रेकरमा स्तब्ध पार्दै चर्च व्वाइज सातौं बागमती गोल्डकपको सेमिफाइनलमा

 

मकवानपुरको  बागमती गाउँपालिकाको झुरझुरेमा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेकोछ। सोमबार बागमती ४ नम्बर वडामा रहेको सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

निर्धारित खेल समय गोलरहित बराबरीपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । चर्च व्वाइज प्रतियोगितामा नयाँ टोलि हो । चर्च व्वाइजको लागि टाइब्रेकरमा विदेशी खेलाडी, अर्मान विडम,सुमित श्रेष्ठ, दिपेश गुरुङ, सुजल डंगोल र विदेशी खेलाडी अनयोमीले गोल गरे । यस्तै आर्मीका लागि विमल पाण्डे,फत्तेमान घले, जर्ज प्रिन्स कार्की र जिलेस्पी जंग कार्कीले गोल गरे भने नरेश खत्रीको प्रहार चर्च व्वाइजका गोलरक्षक टेकेन्द्र सिं थापाले रोके । खेलको म्यान अफ द म्याच गोलरक्षक थापा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । उनलाई बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फणीन्द्र तिमल्सिना र प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जी लगायतले ट्रफी र नगद प्रदान गरे ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैंया सहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

Check out — milf ai chat for virtual dating

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.