रंगशाला रङ्गाउन बर्जरपेन्ट्सको ६५ हजार बराबरको सहयोग

बागमती – बर्जरपेन्ट्स प्रा.लि.ले ६५ हजार बराबरको सहयोग गरेको छ।बागमती गाउँपालिकाको नब निर्मित सहिद स्मृति रंगशालामा रंग रोगनको लागि बर्जर पेन्टसले सहयोग गरेको हो।

बागमती गाउँपालिकाको आर्थिक सहयोग र बागमती गाउँपालिका युवा तथा खेलकुद बिकास समितिको आयोजनामा आउदो फागुन ३ गतेबाट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सहिद स्मृति रंगशाला झुरझुरेमा हुँदै छ। बागमती गाउँपालिका वडा न.६ निवासी युवा समाजसेवी सुरेश तुम्सिङको पहलमा बर्जर पेइन्टसका मकवानपुरका एच आर म्यानेजर सुरज लामिछाने मार्फत १२० लि. रङ सहयोग प्राप्त भएको छ।

मोफसलकै उत्कृष्ट बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता मा ए डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुदै छ।

यसअघिका संस्करण जनता मा.वि . फापरबारीमा हुँदै आएको थियो ।यस सस्करणमा उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने छन् । त्यसै गरी प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीले जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचले १० हजार रुपैंया सहित शिल्ड प्राप्त गर्नेछन् ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.