अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारीको २३औं राष्ट्रिय अधिबेशन सम्पन्न भएकोछ । अधिबेशनले केन्द्रिय अध्यक्षमा बिजय सापकोटा निर्वाचित भएकोछ । अधिबेशनबाट ३३ जना पदाधिकारी,४८ जना सचिवालय र १६२ जना केन्द्रिय सदस्य गरि २४३ जनाको केन्द्रिय कमिटी निर्माण भएकोछ ।
त्यस्तै मकवानपुर जिल्लाले पनि यस पटक शक्तिशाली पद सहित ३ जना केन्द्रिय नेतृत्व पाएकोछ ।
मकवानपुरले महासचिव, सचिवालय सदस्य र केन्द्रिय सदस्य गरि ३ वटा पद प्राप्त गरेको हो । मकवानपुरका रोशन थापा मगर महासचिवमा निर्वाचित भएकाछन् । उनले अर्का उमेदवार सन्जय कुमार महत्वलाई पराजित गराउदै बिजयी भएकाहुन । उनले ६०१ मत प्राप्त गर्दै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी महत्वले ४१० मत प्राप्त गरे। त्यसै गरि अर्का बिद्यार्थी नेता रोजल तामाङ सचिवालय सदस्यमा निर्वाचित भएकाहुन भने अर्का मकवानपुरे बिद्यार्थी नेता राजेन्द्र कुमार मुक्तान भुगोलबाट सदस्य निर्वाचित भएकाछन्।
मकवानपुरबाट निर्वाचित तिनै जना बिधार्थी नेता यस भन्दा अगाडि मकवानपुर जिल्ला नेतृत्वमा उपाध्यक्ष , सचिव र सह सचिबमा रहदै बिधार्थी आन्दोलनमा जोडिएका थिए ।