राक्सिराङ्ग गाउँपालिका तेश्रो अन्तर बिधालय स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा २०८१ शुरु भएकोछ । राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ पलासे स्थित फुटबल खेल मैदानमा सोमबार भब्य कार्यक्रमका बिच उद्घाटन समारोह सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एबम राक्सिराङ्ग गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उद्घाटन गर्नुभएको प्रतियोगिता यहि माघ १४ र १५ गते सम्म संचालन हुनेछ । पालिका अध्यक्ष मल्लले पहिलेको भन्दा यो पटकको छनोट प्रतियोगितामा सहभागी टिमको संख्या बढेको भन्दै आफुलाई खुशी लागेको बताउनुभयो । आगामी दिनमा सहभागी बिधालयलाई ब्यबस्थापनको लागि थप बजेटको ब्यबस्थापन गरिने प्रतिबद्धता ब्यक्त समेत गर्नुभयो ।
पालिका भित्र रहेका ५ वटा बिधालयहरुले यस पटकको राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा सहभागिता जनाएकोछ ।
कार्यक्रमका सभाध्यक्ष एबम गाउँपालिका उपाध्यक्ष बनस्तम थिङले खेलकुदमा बिद्यार्थी भाईबहिनीहरुमा थप उर्जा दिलाउन यस्तो खालको प्रतियोगिताले सहयोग मिल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
दुई दिन सम्म संचालन हुने छनोट प्रतियोगितामा १०० मिटर देखि ३००० मिटर छात्र/छात्रा दौड , त्यस्तै ४,१०० मिटर र ४,४०० मिटर रिले डौड, फिल्ड तर्फ लङ्जम, ट्रिपल जम्प,सर्टपट, जेभलिङ थ्रो,हाई जम्प, भलिबल,कबड्डी लगाएतका ईभेन्ट समाबेस गरिएकोछ ।
सुर्योदय माध्यमिक बिधालय राक्सिराङ्ग ३ पलासेले आयोजना गरेको छनोट प्रतियोगिताको लागि पालिका सरकारबाट प्रतियोगिता सन्चालन्को लागि ४ लाख बिनियोजन गरिएकोछ। उक्त रकम खेल गतिबिधी सन्चालन र प्रतियोगितामा सहभागी स्कुलको ब्यबस्थापनको लागि खर्च गरिएको समेत शिक्षा शाखा प्रमुख थारुले जानकारी दिनुभयो ।