पछिल्लो समय निक्कैनै चर्चा बटुल्न सफल आलु दाई यति खेर स्टेज शो गर्दै देशका विभिन्न स्थानमा पुग्ने क्रम जारी रहेकोछ ।
मेरो आलु हरायो, तिम्रो बुडो बिदेशमा हो , ए सरकार दे रोजगार लगाएत अन्य प्यारोडी र कमेडी पराको गीतले उनिलाई स्टेजका शो को लागि निक्कै ब्यस्त बनाएकोछ ।
उनी यति खेर दोश्रो भेलागढी पर्यटन महोत्सब २०८१ को शनिबारको प्रस्तुति दिन हल्दिबारी झापा पुगिसकेकोछ ।
भद्रपुर नगरपालिका, बिर्तामोड नगरपालिका र हल्दिबारी गाउँपालिकाको संगमस्थल भेलागढी सिमसार क्षेत्रमा दर्शकसङ्ग मेरो आलु हरायो भन्दै दर्शकलाई नचाउन आलु दाई आईसकेको झापा आयोजक भेलागढी सामुदायिक बन उपभोक्ता समूह हल्दिबारीले जनाएकोछ । महोत्सवमा दर्शकमाझ आलु दाईले साँझ ८ बजे प्रस्तुती दिने आयोजकले जानकारी दिएकोछ ।