मनहरी गाउँपालिकामा बाघ आतंक फेरि बढेकोछ ।आईतबार मनहरी ५ घर भएकी बर्ष ७२ को कान्छी माया रुम्बालाई बाघले ज्यान लिएको हो ।
आफ्नै बारीमा बेलुकी ४ बजे तिर घाँस काट्न गएकी रुम्बाको खोजी कार्य गर्न जङ्गल तिर गएका स्थानियहरु फर्केर वारि तर्फ हेर्न जादा रुम्बालाई बाघले बोकि जङ्गल तर्फ लैजादै गर्दा गाउँलेले कराउदा रुम्बाको शब छोडी भागेको थियो ।
बारिमा घाँस काट्न गएकी रुम्बाको चप्पल,डोको र मोबाईल छरपस्ट अवस्थामा रहेको र मृतक रुम्बाको टाउको , पेट र शरीरको अन्य केही भागहरु खाएको अवस्थामा भेटिएको मनहरी ५ नम्वर वडाका अध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिनुभयो । सोही वडामा केही महिना अगाडि मात्रै भैंसी खाई गाउँलेलाई त्रशीत पार्दै आईरहेको थियो । सोही बाघले मान्छे मारेको आशंका गरिएकोछ ।