मोबाइल एसोसिएसन अफ मकवानपुर को आयोजनामा भएको अन्तर मोबाईल व्यावसायी फुटसलको उपाधी मनहरी मोबाईल यसोसियसनले जितेकोछ ।
शनिबार मकवानपुर गढी गाउँपालिकाको फुटसल ग्रउण्ड मक्रानचुलीमा सम्पन्न प्रतियोगितामा टिम त्रिखण्डीलाई ४-३ को गोल अन्तरले हराउँदै मनहरीले उपाधी जितेको हो ।
मकवानपुर जिल्ला भित्र रहेका म्यान मकवानपुरमा आवद्ध ६ वटा मोबाईल व्यावसायी एसोसिएसनहरुको सहभागिता रहेको प्रतियोगितामा प्रथम हुने टोलि मनहरीले नगद १० हजार रुपैयाँ सहित शिल्ड र मेडल प्राप्त गरे ।
मनहरी मोबाइल एसोसिएसनका महासचिव रूद्र मुक्तानको नेतृत्वमा मैदानमा उत्रेको थियो । त्यस्तै गरि टिम कोच सुदिप श्रेष्ठ र एनिस कर्मचार्य टिम म्यानेजर रहेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा हेटौंडा उपमहानगरका उपमेयर राजेश बानियाँले गरेका थिए ।