समयमै भवन निर्माणको लागि म प्रतिबद्धछु : उपप्रधानमन्त्री सिंह

मनहरी गाउँपालिकाको प्रमुख प्रशासनिक भवनको शिलान्यास नेपाल सरकारका उपप्रधान एबम शहरी बिकास मन्त्री माननीय प्रकाश मान सिंहले गर्नुभएकोछ । शनिबार मनहरी ९ तल्लो रजैयामा उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा शिलान्यास गरिएको हो ।

पालिका मनहरीको रजैयामा रहेको कार्यालय भाडाको घरबाट सन्चालित हुँदै आईरहेकोछ । त्यस्तै वडा नम्बर ३ स्थित लामिटारमा केही शाखा र सभाहल रहेको छ । पूर्वपश्चिम राजमार्गको छेवैमा रजैयाको तल्लोटोलमा पालिकाको भवन बन्न लागेको हो ।

पालिकाको प्रमुख प्रशासनिक भवनको तामाकोशी-ढाचा निर्माण सेवा जेभी बालाजु १६ काठमाण्डौले निर्माणको ठेक्का पाएकोछ । २०८१ असोज १४ गते सम्झौता भएको भवनको २०८२ चैत्र ३० गते निर्माण सम्पन्न हुनेछ ।

तीन तल्लाको निर्माण हुने उक्त भवनको कुल लागत ८ करोड २८ लाख ६ हजार १७८ रुपैयाँ ३९ पैसा रहनेछ । ६ कट्ठा क्षेत्रफलमा निर्माण हुने भवन अपाङ्गमैत्री र नयाँ प्रविधियुक्त हुने पालिका श्रोतले जनाएकोछ ।

स्वागत मन्तव्य राख्दै मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले लामो समय देखिको जग्गाको बिबादलाई सुल्झ्याउदै पालिकाले शिलान्यासको अवस्था सम्म पुगेको भन्दै प्रदेश सरकार र केन्द्रिय सरकारले भवनको पुर्णताको लागि र समयमै सम्पन्नताको लागि सहयोग गरिदिन आग्रह गर्नुभयो ।

निर्धारित समय भन्दा तीन घण्टा पछी कार्यक्रम स्थलमा पुगेका प्रमुख अतिथिलाई १२ बजे देखिनै स्थानियहरु स्वागतको लागि पर्खाईमा रहेको थियो ।

कार्यक्रममा मन्त्री सिंह प्रमुख अतिथी , बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीन कृष्ण महर्जन, संविधान सभा सदस्य राजाराम स्याङ्तान ,प्रदेश सभा सदस्य संसद ईन्द्र बहादुर बानियाँ,पुर्ब बागमती प्रदेश भौतिक राज्य मन्त्री सन्त राम चेपाङ, बागमती प्रदेश सभा सदस्य पुर्व माननीय ओम बहादुर ग्लान लगाएत विभिन्न राजनैतिक दलका नेता तथा संघ सस्थाको प्रतिनिधिको आतिथ्यता रहेको थियो ।

मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतिले नेपाल सरकारले बोल्नुभएको कुरालाई पालना गर्नेमा पुर्णतः बिश्वस्त रहेको भन्दै भवन निर्धारित समयमै सम्पन्न गराउन कटिबद्ध भएर लागि पर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.