मनहरीमा बाघ आतंक ४ वटा हात्ती सहितको नेपाली सेना बाघ नियन्त्रणमा असफल

मनहरी गाउँपालिका मानव र बन्यजन्तु बिचको द्वन्द्व चलिरहने ठाउँको रुपमा परिचित स्थल हो ।

केही समय अघि मात्रै मनहरी ६ प्रतापुरको बल बहादुर राईको गोठमा बाँधी राखेको भैंसीले सिकार गर्न आएको बाघलाईनै भैंसीले आक्रमण गरि मारिदिएको समाचारले बिश्व समाचार बन्न पुगेको थियो ।

राष्ट्रिय निकुञ्जको सिमासङ्ग जोडिएको स्थान भएकै कारण बन्यजन्तु मानव बस्तिमा प्रबेश गरि स्थानियको बाली अन्नपात , बस्तुभाउको क्षती पुर्‍याउँदै आएकोछ । कात्तिक १८ गते बिहान देखि मनहरी गाउँपालिका वडा नम्बर ५ का स्थानिय बासिन्दाहरुको निन्द्रानै हरण गरिदिएकोछ ।

कात्तिक १७ गते गाउँको भैंसी चरणमा लगिएको थियो । स्थानिय केदार प्रसाद अधिकारीको भैंसी बथानमा छुट्टिनु पुगेको र सोही भैंसी भोलि पल्ट बिहान ५:३० बजेको समयमा बाघले आक्रमण गरि मारिदिएको थियो । चाडबाडको बेलामा बाघ कहिले किसानको धानबारी हुँदै मानव बस्तिमा प्रबेश गर्न खोज्दा निकुञ्जबाट खटिएका हात्ती सहितको नेपाली सेनाको टोलिले छेकेका थिए ।

मनहरी ९ र ५ नम्बर जोड्ने जैसिङ्ग झोलुङ्गे पुलबाट एक सय मिटर पुर्ब दिशामा बाघले भैंसी मारी खाएको र सोही भैंसी खान रातिको समयमा पनि आएको लोकप्रिय उपभोक्ता समितीका सचिव योगेन्द्र अर्यालले जानकारी दिनुभयो । बाघलाई उक्त स्थान देखि पुनः जङ्गल तर्फनै फर्काउन २ वटा हात्तीको प्रयोग गरिएतापनी बाघ नियन्त्रणमा लिन नसके पछि निकुञ्जले थप २ वटा हात्ती गरि ४ वटा हात्तीको सहायताबाट खोजी गरेका थिए । मनहरी प्रतापपुर पोष्ट र चितवन प्यारिधाप पोष्टबाट २/२ वटा हात्ती झिकाई बाघलाई नियन्त्रणमा लिन खोजिएको थियो ।

बाघले मारेको भैंसीको स्थान देखि २/३ सयको दुरिमा मानव बस्ती रहेको र झाडी भएकोले बाघलाई नियन्त्रणमा लिनको लागि बाघको खोजी कार्यलाई सहज बनाउन प्रसाशनको अनुमतिमा स्थानिय युवाहरुसङ्ग रहेको ड्रोनसमेत उडाई खोजी कार्य गरिएको थियो ।

दिन भरी हात्ती र नेपाली सेनाले सुरक्षा प्रदान गरेता पनि रातको समयमा भने स्थानियलाई ज्यान जोगाई हिड्न गार्हो रहेको समितिका सचिब अर्यालले बताउनुभयो । साथै हात्तीको सहायताबाट बाघले मारेको भैंसीको बाँकी
रहेका मासु त्यहाबाट अन्यत्र नै ब्यबस्थापन गर्न लागिएको समेत जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.