राक्सिराङ्गका बाल चेतना समूहमा आवद्ध बिद्यार्थीद्वारा नाटक प्रस्तुत

राक्सिराङ्ग गाउँपालिकाका दुई वटा बिधालयमा अध्ययनरत बिधार्थीहरुले नाटक प्रस्तुत गरेकोछ ।

बुधबार प्रजा जागृती माबी चैनपुर र सुर्योदय माबी पलासेमा गठित बाल चेतना समुहले सचेतनामुलक नाटक प्रस्तुत गरेकाहुन्। प्रजा जागृतीका बिद्यार्थीले बाल बिबाह सम्बन्धी सचेतनामुलक नाटक प्रस्तुत गरे भने सुर्योदयका बिधार्थीले छुवाछूत तथा लैङ्गिक बिभेद विरुद्ध नाटक प्रस्तुत गरेकाथिए ।

समूहमा आवद्ध बालबालिकाहरु पढाईका अलावा अतिरिक्त क्रियाकलाप अभिनय मार्फत समाजमा सामाजिक सन्देश दिन अब्बल देखिएकाछन् ।

अनौपचारिक सेवा केन्द्र ईन्सेकद्वारा गठित बाल चेतना समूहलाई पढाईको अलावा विभिन्न समयमा विभिन्न गतिबिधिमा र मानव अधिकारसङ्ग सम्बन्धी सचेतना एबम तालिम प्रदान गर्दै समुदाय स्तरमा सहज ढङ्ग्ले पुग्ने माध्यमको उत्तम बिकल्प खोज्दै आईरहेकोछ ।

नाटक प्रहसन पश्चात् प्रजा जागृती माबिका प्रधानाध्यापक सुर्य बहादुर प्रजाले बालबालिकाले उत्कृष्ट कला मार्फत राम्रो सन्देश दिन सफल भएको भन्दै बिद्यार्थीको तारिफ गरे ।त्यस्तै सुर्योदयका प्रधानाध्यापक सीता राम सुबेदीले बालबालिकाले नाटक मार्फत जुन सन्देश दिन खोजिएको हो हामी सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो साथै बालबलिकाको पढाईको अलावा अतिरिक्त क्रियाकलापमा अब्बल साबित गराउदै लैदिएकोमा ईन्सेक बागमती प्रदेशलाई धन्यबाद दिनुभयो । कार्यक्रममा ईन्सेक मकवानपुर सहजकर्ता सलिना गौतमको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.