तामाङ सोसाईटी अफ द टेक्सासद्वारा क्यान्सर रोगबाट मृत्यु भएका सानुमाया थिङका परिवारलाई आर्थिक सहयोग गरेकोछ ।
शुक्रबार मृतकको घर मनहरी गाउँपालिका वडा नम्बर २ ठाडो खोला स्थित घरमा पुगेर वडा अध्यक्ष राजकुमार पाख्रिनको हातबाट रकम मृतकको श्रीमानलाई हस्तान्तरण गरिएको हो ।
बिगद २ बर्ष देखि क्यान्सर रोगबाट पिडित थिङको उपचारको क्रममा अस्पतालमै निधन भएको थियो ।
अमेरिकाको टेक्सासमा बस्दै आईरहेका मनहरी २ घर भएका बुद्धिमान वाईबाको सक्रियतामा उपचारार्थ भन्दै सहयोग रकम उठाईएको थियो । सहयोग रकम अलि ढिला गरि उठेकोले मृतकको घरपरिवारलाई थोरै भएपनी हुने भन्दै नेपालमा उक्त रकम पठाएको थियो ।

आर्थिक संकलनको लागि वडा भित्रबाटै अभियान चलाएका ईन्द्र देब वाईबाको संयोजनमा उक्त रकम वडा अध्यक्ष पाख्रिनको उपस्थितिमा हस्तान्तरण गरिएको हो ।
एक छोरा र एक छोरीको आमा थिङको २७ बर्षको उमेरमा क्यान्सरले ज्यान गुमाएका थिङले नेपाली समाज रुपान्तरणमा अग्रगामी मोर्चामा रहेर क्रान्तिमा होमिएका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा अखिल नेपाल बिद्यार्थी बिधार्थी ( समाजबादी)ले श्रद्धाञ्जली कार्यक्रमको राखेका थियो।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष पाख्रिनले सहयोगी हातहरु प्रती बिशेष आभार ब्यक्त गर्नुभयो ।साथै वडा प्रमुख भएको नाताले वडाबाट हुने सहयोग र पालिकाको तर्फबाट मिल्ने सहयोअको लागि आफुले सक्दो पहल गर्ने बताउनुभयो ।
अमेरिका बस्दै आईरहेका वाईबाले यस भन्दा अघि पनि मनहरी २ नम्बर वडाकै मुटु रोगी रन्जित गोले लाई १ लाख ३ हजार रुपैयाँ सहयोग गरेका थिए । भने अन्य सामाजिक तथा परोपकारी कामहरुमा आर्थिक सहयोग गर्दै आईरहेकाछन्।
कार्यक्रममा वडा अध्यक्ष पाख्रिन सहित नेकपा एमालेका जिल्ला सदस्य बिरेन्द्र डि.सि, नेपाली काङ्रेस २ नम्बर वडा सभापती प्रेम गोङ्बा, नेकपा एमाले २ नम्बर वडा पार्टी अध्यक्ष ईन्द्र देब वाईबा , नेकपा माओबादी केन्द्र २ नम्बर वडा ईन्चार्ज चन्द्र स्याङ्तान, बिधार्थी नेता , नेपाल तामाङ पत्रकार संघ मकवानपुर उपाध्यक्ष सन्देश थिङ लगाएतकाको उपस्थिति रहेको थियो ।