वियोण्ड वेइजिङ कमिटिको आयोजना राईट हेयर राईट नाउ को आर्थिक सहयोग , राक्सिराङ्ग गाउँपालिकासंगको समन्वय र युवा सेवा समाज मकवानपुर को ब्यवस्थापन एबम स्थानिय संयाेजनमा राक्सिराङ्ग गाउँपालिका वडा नं ३ र ५ का गरि बिध्यालय जाने अवसरबाट बन्चित रहेका २० जना
किशोर/किशोरीहरुलाई बृहत्तर यौनिकता शिक्षाको बारेमा प्रशिक्षण दिइएको हो ।

कार्यक्रममा सहभागी किशोर/किशोरीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारको बारेमा बिस्तृत रुपमा जानकारी गराइएको थियो ।

परियोजनाले आगामी दिनहरुमा स्थानिय सरकारसङ्ग पैरवि वकालत बैठक , स्थानिय सरोकारवालाहरु , धामि झाक्रि , स्वयम सेविकाहरु , बिध्यार्थिहरु लगायतका स्थानिय ब्यक्तित्वहरु माझ यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा सेन्सिटाइजेसन कार्यक्रम लगिने युवा सेवा समाजका उपाध्यक्ष एबम बिबिसिका फोकल पर्सन कुमारी वाईबाले बताउनुभयो ।

राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य शाखाको प्राबिधिक सहयोगमा १० दिन सम्म प्रशिक्षण दिईएको थियो । यस्तै गरि तालिममा युवा च्याम्पियनहरु निकिता थापा , माया लामा , सबिना भारति , सर्मिला वाइवा आदि लगाएतकाले प्रशिक्षण दिनुभएको थियो ।

राक्सिराङ गाउँपालिका मकवानपुर जिल्लाको स्थानिय तह मध्ये भौगोलिक बिकटता हुनुको साथै सिमान्तकृत समुदायको उल्लेखनीय बसोबास गर्ने स्थानिय पालिका भएको हुनाले कार्यक्रम राक्सिराङ्ग गाउँपालिकामै संचालन गर्न कार्यक्षेत्र छनौट गरिएको युवा सेवा समाज का अध्यक्ष बुद्दशरण लामाले बताउनुभयो ।

राक्सिराङ्ग गाउँपालिका वडा नम्बर ३ स्थित सुर्योदय माध्यमिक बिध्यालयमा संचालन गरिएको कार्यक्रम असार ८ देखि १७ असार सम्म सन्चालन गरिएको थियो ।

कार्यक्रमको बिच- बिचमा आयोजक संस्था वियोण्ड वेइजिङ कमिटिको बोर्ड कमिटी र राईट हेयर राईट नाउबाट मुल्यांकन तथा अनुगमन गरिएको थियो ।

किशोर किशोरीहरुको आफु किशोर अवस्थामा प्रवेश गर्दै गर्दा शारिरिक परिवर्तन लगायत अन्य कुराहरुलाई पनि अनौठा नमानिकन सहजै आफ्नो स्वास्थ्य र शरिरको बारेमा जानकारी प्राप्त गर्दै वालविवाह न्युनिकरणमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संस्थाका उपाध्यक्ष कुमारी वाईबाले जानकारी दिनुभयो ।

राक्सिराङ्गमा उक्त परियोजना सन्२०२३ देखि शुरु भई सन् २०२५ सम्म चल्नेछ ।