मनहरी प्रहरीद्वारा बरामद गरिएको ९ किलो ८२० ग्राम   लागू औषध अफिम नष्ट


ईलाका प्रहरी कार्यालय मनहरीले  ठूलो परिमाणमा बरामद अफिम नष्ट गरेकोछ । गत चैत्र ८ गते  मनहरी गाउँपालिका वडा नम्बर ७ प्यान्चेबाट बरामद गरिएको अफिम मनहरी खोलामा जलाएर नष्ट गरिएको हो ।

जिल्ला अदालतका प्रतिनिधि राजन शर्मा सुवेदी,
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सहदेव आचार्य,
मनहरी ७ न वडा अध्यक्ष ठाकुराम तितुङ, र
ई.प्र.का. मनहरीका प्रमुख प्र.नि. दीपक थापा  लगायतका प्रतिनिधिहरूको रोहबरमा ९ किलो ८२० ग्राम लागू औषध अफिम नष्ट गरिएको ।

लागू औषध बरामद गरिएको १५ दिन भित्र नष्ट गर्नुपर्ने कानुनी प्राबधान अनुसार सबै कानुनी प्रक्रिया पुर्‍याई लागू औषध अफिम नष्ट गरिएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रमुख  प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.