मनहरी गाउँपालिका वडा नम्बर ५ मा दुग्धजन्य परिकार बनाउने तथा पशुआहार ब्यबस्थापन सम्बन्धी तालिमको उद्घाटन भएकोछ । चालू आर्थिक बर्ष २०८०/०८१ अन्तर्गत वडाको सिलिङ बजेट मार्फट संचालित कार्यक्रमको उद्घाटन मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर ( रेखा) ले गर्नुभएको थियो ।
वडा कार्यालयको सभाहलमा मङ्सिर २९ गते देखि पौष १ गते सम्म सन्चालन हुने कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष मगरले भौतिक संरचनाको बिकासले मात्र समाज समृद्ध नहुने भन्दै अब जनताको जिबनस्तरमा सुधार ल्याउन अब सीप,प्रबिधीको बिकाससंगै सामाजिक क्षेत्रको बिकास गर्न जरुरी रहेको बताउनुभयो । साथै वडाले प्रत्यक्ष जनतालाई लाभहुने कार्यक्रम राखिएको भन्दै वडालाई धन्यबाद समेत ब्यक्त गर्नुभयो ।
पछिल्लो समय दुग्ध किसानहरुले दूध उत्पादन गरिरहेको तर बेलाबेलमा दूध होलिडे मनाउन बाध्य हुँदै आईरहेको अवस्थामा वडा सरकारले दुग्धजन्य परिकारको तालिम संचालन गरेको वडा अध्यक्ष दिपेन्द्र अधिकारीले बताउनुभयो ।
तीन दिनसम्म संचालन हुने तालिममा दुध बाट बन्ने परिकारहरु पनिर, लालमर, पेडा, खुवा, नौनी र घ्यु लगाएतका परिकारहरु बनाउन र आहार ब्यबस्थापन अन्तर्गत पशुलाई आहार दिने समय तालिका कसरी ब्यबस्थापन गर्ने आहारको मात्रा के कति खुवाउने जस्ता कुराहरु सहभागिहरुलाई तालिमले प्रदान गरिने वडा सचिब बिदुर पाठकले जानकारी दिनुभयो ।
वडा बाट कार्यक्रमको लागि १ लाख रकम बिनियोजित गरिएकोछ । तालिममा ३० जना दुग्ध कृषकहरुको सहभागिता रहेको छ । एक घर एक उध्यमी बनाउने पालिकाको लक्ष्यलाई ध्यानमा राख्दै वडाबाटै उक्त कार्यक्रमलाई सार्थकता दिन यो कदम चालिएको वडा अध्यक्ष अधिकारिले बताउनुभयो ।
तालिमले दुग्धपरिकारका साथै कम लागतमा स्वच्छ र बढी दूध उत्पादन गर्न मद्धत पुग्ने वडाको बिश्वास लिईएकोछ । तीन दिन सम्म संचालन हुने तालिमको सहजीकरण दुग्ध बिकास बोर्ड काठमाण्डौका अनुसन्धान अधिकृत नमुना खतिवडाले गर्नुहुनेछ ।
